यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिमले गण्डकीलाई हरायो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिमले गण्डकीलाई हरायो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिमले गण्डकीलाई हरायो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ १, मंगलवार १५:२१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी शुरुवात गरेको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटल हरायो ।

गण्डकीले दिएको ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले नौ ओभर पाँच बलमा तीन विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका लागि रेवती धामीले अविजित २१ रन बनाइन् । गण्डकीका आकृती तिवारी र अपेक्षा बुढाथोकीले समान एक विकेट लिए ।

खराब मौसमका कारण १५ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङ गरेको गण्डकीले सात विकेट गुमाएर ५५ रन बनाएको थियो । गण्डकीका लागि सबैभन्दा धेरै रेखा तापाङले १३ र कप्तान सिर्जना पौडेलले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् । सुदूरपश्चिमकी रेवती धामीले चार विकेट लिइन् । यस्तै जानकी थापा र रितु कनौजियाले समान एक विकेट लिए ।

यो जीतसँगै सुदूरपश्चिम दुई अङ्क जोड्न सफल भएको छ । प्रतियोगितामा आजै विभागीय टोली एपीएफ र कर्णाली प्रदेशले खेल्दैछन् । प्रतियोगितामा सात वटा प्रदेश तथा दुई विभागीय टोली एपीएफ र आर्मी सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै सशस्त्र प्रहरी बलको एपीएफ क्लब रहेका छन् । समूह ‘बी’ मा कोशी, बाग्मती र मधेश प्रदेशका साथै त्रिभुवन आर्मी क्लब रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को कार्ययोजना, नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता गरिएको हो । प्रतियोगिता यही माघ १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा पहिलो हुनेले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

अघिल्लो लेख दशौँ राष्ट्रिय योग दिवस मनाइयो
अर्को लेख विपिनको रिहाइको पहलका लागि अपिल
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

एनपीएलमा जनकपुरको लगातार तेस्रो जीत, पोखरा सात विकेटले पराजित

२०८१ मंसिर २०, बिहीबार १३:२६ गते
खेलकुद

तीन वर्षपछि ‘बी’ डिभिजन लिग माघमा हुँदै

२०८१ मंसिर ७, शुक्रबार ०८:३० गते
खेलकुदसमाचार

कर्णालीलाई हराउँदै चितवनको विजयी शुरुआत

२०८२ मंसिर २, मंगलवार १६:२१ गते
खेलकुदसमाचार

विश्वकप क्रिकेट लिग–२ : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

२०८२ जेष्ठ २१, बुधबार १०:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?