यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘एमपक्स’ का सङ्क्रमित भेटिएपछि सतर्कता बढाइयो, सचेत रहन सरकारको आग्रह
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘एमपक्स’ का सङ्क्रमित भेटिएपछि सतर्कता बढाइयो, सचेत रहन सरकारको आग्रह
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

‘एमपक्स’ का सङ्क्रमित भेटिएपछि सतर्कता बढाइयो, सचेत रहन सरकारको आग्रह

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ६, शनिबार १०:१२ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –साउदी अरबबाट फर्किएका एकजना नेपालीमा ‘मङ्कीपक्स’ अर्थात ‘एमपक्स’को सङ्क्रमण पुष्टि भएपछि थप निगरानी र सतर्कता बढाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरु र प्रयोगशालाहरुबाट निगरानी र सतर्कता बढाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।

मन्त्रालयले विज्ञप्ति निकालेर सबैलाई सचेत रहन र एमपक्ससँग मिल्दोजुल्दो लक्षण भएमा अस्पताल गएर उचित सल्लाह लिन या मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

हालै साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षिय पुरुष खटिराको समस्या लिएर काठमाण्डौको एक निजी अस्पतालमा पुग्दा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना परीक्षण गर्दा हिजो एमपक्स पुष्टि भएको हो ।

उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको र अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यसअघि गएको असारमा नेपाल आएकी एक जना विदेशी महिलालाई पनि एमपक्स पुष्टि भएको थियो ।

एमपक्स भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा र बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ,सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ ।

सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनका र्‍याल, घाउ, खटिरा, शरिरबाट निस्कने तरल पदार्थ, दूषित सतह र सामग्रीबाट सर्ने गर्दछ । यस्तै श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेको छालाजस्ता अङ्गबाट भाइरस शरिरमा प्रवेश गरेर पनि सर्ने गर्छ ।

बाँदर, मुसा, लोखर्केलगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस सर्ने गर्छ । ज्वरो आउनु, सामान्य ज्वरो शुरू भएको एकदेखि तीन दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हल्केला र पैतालामा डाबर देखापर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उपकिनुजस्ता यस रोगमा लक्षण हुन् ।

यस्तै टाउको, ढाड र मांसपेशी दुख्ने तथा शरिरका ग्रन्थीहरु बढ्न सक्छ । लक्षण १४ देखि २८ दिनसम्म रहन सक्छ र सामान्यता आफैँ हराउने गर्छ ।

बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा आँखामा सङ्क्रमण र दृष्टि गुम्ने, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्युजस्ता सम्भावित जटिलता देखापर्ने मन्त्रालयले जनाएको छ ।

मङ्कीपक्सबाट बच्नका लागि मङ्कीपक्सको शङ्का वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेशनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, नियमितरूपमा साबुनपानीले हात धुने, मरेका वा बिरामी जनवारको सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडा तातोपानीले धुने, सङ्क्रमतिको सम्पर्कमा आएका सहत र स्थान निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने गर्नु पर्दछ ।

मन्त्रालयले ज्वरो आएको एकदेखि तीन दिनभित्र अनुहार, हत्केला र पैतलामा दाग वा डाबर देखिएमा मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

अघिल्लो लेख बाजुरामा भूकम्प : केही घरमा क्षति पुगेको आशङ्का
अर्को लेख काठमाण्डौंको त्रिपुरेश्वरमा रहेको भाटभटेनी सुपर मार्केटलाई दुई लाख रूपैयाँ जरिमाना
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

नेपालमा प्रि–मनसुन गतिविधि फेरि सक्रिय, दुई हप्तासम्म पानी पर्ने सम्भावना

२०८२ जेष्ठ २, शुक्रबार १४:५७ गते
राष्ट्रिय

बालबालिकाको स्नायु विकासको द्रूत मूल्याङ्कन प्रतिवेदन : ललितपुरका चार प्रतिशत बालबालिकामा समस्या

२०८१ पुष २, मंगलवार ०९:३९ गते
राष्ट्रिय

पृथ्वी राजमार्ग एकतर्फी खुला

२०८१ श्रावण २३, बुधबार १२:५७ गते
राष्ट्रियसमाचार

प्रहरीले १०८ जनाविरूद्ध मुद्दा चलाउन राय दिँदा सरकारी वकिलले किन दर्ता गर्‍यो ६१ जनाविरूद्ध मुद्दा

२०८२ जेष्ठ १२, सोमबार ११:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?