काठमाडौं :नेपाल प्रिमियर लिग (एनपीएल)मा टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ।
कीर्तिपुर मैदानमा लुम्बिनीले ४ विकेटको क्षतिमा १७० रन बनायो। लुम्बिनीका लागि लागि कप्तान रोहित पौडेलले ९५ रन, टर्म मरेस ४५, सन्दीप जोरा १८, आशुतोष घिरैया र उन्मुक्त चन्द शून्य आउट भए । पोखराका लागि विपिन खत्रीले दुई, म्याट क्रिट्ले एक विकेट लिए।





