यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा यसरी गरिँदै सार्वजनिक जग्गा अतिक्रमण खाली
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा यसरी गरिँदै सार्वजनिक जग्गा अतिक्रमण खाली
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा यसरी गरिँदै सार्वजनिक जग्गा अतिक्रमण खाली

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १९, बुधबार १६:१८ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढी उपमहानगरपालिका २०७९ असारबाट खोलानाला र सार्वजनिक जग्गाको अतिक्रमण खाली गर्ने अभियान थालेको छ।

पहिलो चरणमा धनगढी-५ को सुकुटी नालाबाट सुरू भएको अतिक्रमण हटाउने अभियान अहिले पनि जारी छ। उपमहानगरले अहिलेसम्म खोलानालाको करिब ५ किलोमिटर क्षेत्रको अतिक्रमण हटाएको जनाएको छ।

डिभिजनल इन्जिनियर दिजराज भट्टले वडा नम्बर २, ३, ४ र ५ मा अहिलेसम्म खोलानाला अतिक्रमण हटाउने काम भएको बताए। उनले यो अभियान यी वडामा अझै चल्ने बताएका छन्।

यसैबीच उपमहानगरले २०८१ मंसिर १९ गते बुधवारदेखि धनगढी-१ र ५ भएर बग्ने सुकुटी नालामा पिलर गाडेर डिजिपिएस राख्ने काम सुरू भएको भूमी शाखा प्रमुख नरेन्द्र भट्टले बताए। उनले यो पटक नालाको सिमाङ्कन गर्न खोलानालाको सिमाना प्रष्ट हुने गरि पिल्लर गाडी सो बिन्दुहरूको जिआइएस नक्साङ्कन गर्ने र डिजिपिएस र स्याट्लाइट तस्विर प्रयोग गरी खोलाको सिमाङ्कन निगरानी गरिने बताए।

धनगढी उपमहानगरपालिकाले खोलानालाको क्षेत्राधिकार र सार्वजनिक जग्गालाई जुनसुकै हालतमा पनि खाली गरिने बताउँदै आएको छ। जसअनुसार नक्साङ्कन गर्ने, सो को प्रतिवेदन तयार गर्ने र अतिक्रमण खाली गर्न सार्वजनिक सूचना गर्दै आएको छ।

अतिक्रमण गर्ने व्यक्ति र संस्थालाई सार्वजनिक क्षेत्र खाली गर्न सूचना र जानकारी गराउँदै आएको छ।

एकै व्यक्तिलाई अतिक्रमण खाली गर्न उपमहानगरपालिकाले आधा दर्जन पटक सूचना दिने काम गर्दै आएको छ। यसरी पटकपटक सूचना गर्दा पनि अतिक्रमण हटाउन अटेरी गरे डोजर चलाएर अतिक्रमण हटाउने गरेको उपमहानगरले जनाएको छ, जसको एक उदाहरण धनगढी-४ को ठाकुर एग्रो इन्डष्ट्री हो।

धनगढी-४ भगवती टोलमा अवस्थित ठाकुर एग्रोले सार्वजनिक नाला मिचेको प्रतिवेदन २०८० असोज ७ गते तयार भएको छ। नापजाँचका क्रममा ठाकुर एग्रोले नाला अतिक्रमण गरेको पत्ता लागेको हो।

प्रतिवेदन तयार भएपछि धनगढी उपमहानगरपालिकाले ठाकुर एग्रोका सञ्चालकलाई २०८१ असोज ८ गते अतिक्रमण हटाउन पत्राचार गरेको छ। पत्रमा उपमहानगरले असोज मसान्तभित्र भौतिक संरचाना हटाएर सहयोग गर्न आग्रह गरेको छ।

उपमहानगरले दिएको समयभित्र अतिक्रमित नाला खाली नगरेको एग्रोलाई २०८१ साउन ३० गते भौतिक संरचना हटाउन दोस्रो पटक पत्राचार गरिएको छ। सो पत्रको पनि अवज्ञा गरिएपछि उपमहानगरले तेस्रो पटक २०८१ असोज ४ गते २४ घण्टा भित्र नाला खाली गर्न पत्र पठाएको छ।

त्यसपछि २०८१ असोज ९ गते ठाकुर एग्रोका सञ्चालक हरिशंकर ठाकुर स्वयंले घरायसी समस्या देखाउँदै २०८१ कात्तिक २४ भित्र भौतिक संरचना हटाउन कबुलियतनामा गरेका छन्। तर, आफैले गरेको कागजअनुसार ठाकुरले २०८१ कात्तिक २४ भित्र संरचना नहटाएपछि उपमहानगरपालिका २०८१ मंसिर २ गते २४ घण्टा भित्र संरचना हटाउन ठाकुर एग्रोलाई २४ घण्टाको समय दिइएको तर यो समयमा पनि अतिक्रमण नहटाइएपछि डोजर लगाएर अतिक्रमण खाली गरिएको उपमहानगरले जनाएको छ।

उपमहानगरले पटक/पटक दिएको सूचनाको अवज्ञा गरिएपछि ठाकुर एग्रोमा २०८१ मंसिर १० गते डोजर लगाएर अतिक्रमण हटाइएको हो।

ठाकुर एग्रोमा उपमहानगरको टोली २०८० भदौ १८ गते अतिक्रमण हटाउन पहिलो पटक पुगेको थियो। त्यसबेला मौखिक सहमतिमा अतिक्रमण खाली गर्न समय उपलब्ध गराएको उपमहानगरले जनाएको छ। सिमाङ्कन र नक्साङ्कन गरिएको क्षेत्रमा उपमहानगरले जुनसुकै अवस्थामा पनि अतिक्रमण हटाउने बताएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख विराटनगरले पायो १९२ रनको लक्ष्य, रोहितले हाने ४६ रन
अर्को लेख एनपीएल : लुम्बिनी लायन्समाथि विराटनगर किङ्ग्सको रोमाञ्चक जीत
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीकाे देवहरिया वनस्पति उद्यानमा चार सय २१ सिमलका बिरुवा रोपण

२०८१ श्रावण २७, आईतवार १९:४६ गते
राष्ट्रिय

आमा, बहिनी र ज्वाइँलाई घुमाउन लगेका बुटवलका सुदीप आतंकवादी हमलामा मारिए

२०८२ बैशाख १०, बुधबार ११:२० गते
कैलालीसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम अपाङ्गता शिक्षक समाजको अध्यक्षमा साउँद

२०८१ कार्तिक २३, शुक्रबार १५:०८ गते
कैलालीडडेल्धुरासमाचार

कैलालीबाट ४२ लाख ३७ हजारको सामानसहित डडेल्धुराका एक जना पक्राउ

२०८२ जेष्ठ १६, शुक्रबार १०:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?