धनगढी – प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड केन्द्रीय कार्यालय धनगढीले लघुबीमा तथा बिमा सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय धनगढीबाट आइतबार कैलालीको चिसापानी स्थित लघु बीमा सम्बन्धी अन्तरक्रिया तथा बीमा सचेतना सम्बन्धी कार्यक्रमको आयोजना गरिएको हो।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स धनगढी र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका प्रतिनिधिहरू समेतको उपस्थितिमा निर्जीवन बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको कम्पनीका कर्मचारी छाया कार्कीले बताएकी छन्।
उक्त कार्यक्रममा साझा विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत चन्द्रबहादुर बोहरा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन केन्द्रीय कार्यालय धनगढीका कर्मचारी देवेन्द्र बमले गरेका थिए।







