काठमाडौं । ओपनर शिखर धवनको अर्धशतकप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजसामु १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४९ रन बनायो ।





