काठमाडौं :नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले कर्णाली याक्सविरुद्ध टस जितेको छ।
टस जितेसँगै काठमाडौंका कप्तान करण केसीले पहिले फिल्डिङ गर्ने निर्णय लिँदै कर्णालीलाई ब्याटिङको निम्तो दिएका छन्।
कर्णाली र काठमाडौं दुवै टोलीले यसअघि १–१ खेलिसकेका छन्। जसमा यी दुवै टोली पराजित भएका छन्।
काठमाडौं गुर्खाजलाई चितवन राइनोजले पराजित गरेको छ भने कर्णाली याक्सलाई जनकपुर बोल्ट्सले स्तब्ध पारेको छ।
यी दुई टोली मैदानमा उत्रँदा नेपाली राष्ट्रिय टोलीका दुई अनुभवी पेस बलरमा दर्शकको नजर रहनेछ।
कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामी र काठमाडौं गुर्खाजका मार्की करण केसी दुवै राष्ट्रिय टोलीका अनुभवी पेस बलर हुन्।





