यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २९, बिहीबार १४:३० गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कञ्चनपुरको दक्षिणी क्षेत्रमा मानव र वन्यजन्तुबिच द्वन्द्व बढ्न थालेको छ ।

जङ्गली हात्तीले घरखेतमा नोक्सानसहित मान्छेको ज्यानसमेत लिएपछि द्वन्द्व बढ्न थालेको हो । पछिल्लो डेढ महिनादेखि लालझाडी गाउँपालिका र बेलौरी नगरपालिकामा जङ्गली हात्तीको झुन्डले आतङ्क मच्चाइरहेको छ । हात्तीको आतङ्कले स्थानीय त्रसित छन् ।

करिब ४०/५० को सङ्ख्यामा रहेका हात्ती रातदिन उखुबारीमै बस्न थालेपछि जनजीवन त्रसित भएको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए । “एकरडेढ महिनादेखि हात्तीको झुन्ड यतै छ,” उनले भने , “जङ्गली हात्तीका कारण हिँडडुल गर्न पनि गाह्रो भइसकेको छ ।” जङ्गली हात्तीले ५० बिघा जमिनको उखु बाली नष्ट गरिसकेको अध्यक्ष रानाको भनाइ छ । यसै गरी हात्तीले लालझाडी गाउँपालिका–३ र ४ मा स्थानीयका घरसमेत भत्काएको छ । हात्तीले आतङ्क जारी राखेपछि घरखेत जोगाउनका लागि लालझाडी र बेलौरीका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् ।

खेतमा आएको हात्तीको झुन्ड धपाउने क्रममा असोज १३ गते हात्तीको आक्रमणबाट एक जनाको ज्यानसमेत गयो । हात्तीले लालझाडी गाउँपालिका–४ का ५० वर्षीय रामदल रानाको ज्यान लिएको थियो । सो घटनाको हप्ता दिनपछि जङ्गली हात्तीले बेलौरी नगरपालिका–६ का २२ वर्षीय उमेश चौधरीको पनि ज्यान लिएको थियो ।

दिनमा समेत हात्तीको झुन्ड बस्तीतिर आउन थालेपछि गाउँघरमा हिँडडुल गर्न गाह्रो भएको जनाइएको छ । गाउँपालिका अध्यक्ष रानाले बस्तीतिर आएका जङ्गली हात्ती धपाउनका लागि अन्य निकायले सहयोग नगरेको गुनासो गरेका छन् । उनले हात्तीलाई जङ्गलतिर धपाउन पालिका मात्रै अग्रसर रहेको बताए ।

खेत र बस्तीतिर आएका हात्ती धपाउनका लागि पालिकाले जेसिबी, ट्याक्टर, बाजागाजा र ढोलको व्यवस्था गरेको छ । दिउँसो बस्तीतिर आएको हात्तीलाई जेसिबी प्रयोग गरेर वनतिर धपाउने गरेको अध्यक्ष रानाले जानकारी दिए । “जेसिबी लिएर धपाउन जाँदा हात्ती जेसीबिसँगै लड्न आउने गर्दछन्,” उनले भने ।

जङ्गली हात्तीको आतङ्क जारी रहेको लालझाडी गाउँपालिका मोहना–लालझाडी कोरिडोर आसपासमा पर्दछ । दुधुवा नेसनल पार्क र मोहना–लालझाडी कोरिडोरमा ओहोरदोहोर गर्ने क्रममा हात्तीको झुन्डले खेतीपातीसहित मानव बस्तीमा नोक्सान गर्दै आएको छ ।

हात्तीले खेतीपातीमा ठुलो नोक्सान गर्न थालेपछि उखु खेती गरेका कृषक समस्यामा परेका छन् । खेतमा पुगेर हात्तीले उखु सखाप पार्ने गरेको लालझाडी गाउँपालिका–४, पर्सियाका रमेश रानाले बताए । डेढ बिघा जमिनमा लगाइएको उखुलाई हात्तीको झुन्डले एकै रातमा सखाप पारेको दुखेसो पोख्दै उहाँले भन्नुभयो, “ऋण सापटी लिएर गरेको खेती हात्तीले सखाप पारे । सरकारले हामीलाई क्षतिपूर्तिको व्यवस्था गर्नु पर्छ ।” उखुबारीमा हात्तीको झुन्ड पसेपछि धपाउन नसक्ने गरेको किसानले बताएका छन् । उनीहरूले हात्ती आतङ्कको समाधान खोज्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

लालझाडीसहित कञ्चनपुरको पूर्वी क्षेत्रमा जङ्गली हात्तीको आतङ्क अझै जारी रहेको डिभिजन वन कार्यालय कुण्डामा कार्यरत वन अधिकृत दिनेशकुमार यादवले बताए । उनले जङ्गली हात्तीले यसै वर्ष दुई जनाको ज्यान लिनुका साथै घर, खेतीपातीमा नोक्सान गरेको जानकारी दिए । मृतकका परिवारलाई क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाइएको वन अधिकृत यादवले जानकारी दिए । वन्यजन्तुले मान्छेको ज्यान लिएमा मृतकका परिवारलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिने नेपाल सरकारले व्यवस्था गरेको छ । यसै गरी कृषिमा क्षति भएका कृषकलाई पनि क्षतिपूर्ति दिने व्यवस्था रहेको छ ।

अघिल्लो लेख बैतडीका दुई पालिकामा आज र भोलि सार्वजनिक बिदा
अर्को लेख सुनको भाउ एकैदिन दुई हजार दुई सय रुपैयाँले घट्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरराष्ट्रियसमसामयिक/राेचकसमाचारसुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन

२०८१ असार २८, शुक्रबार १५:४१ गते
कञ्चनपुरसमाचार

चालु आर्थिक वर्षभित्रै पूर्वपश्चिम राजमार्गका १२ पुल मर्मत गरिँदै

२०८२ पुष २३, बुधबार १०:५८ गते
कञ्चनपुर

कञ्चनपुरबाट ९ लाख बढी मुल्यको सामान बरामद

२०८१ माघ २१, सोमबार १०:१९ गते
कञ्चनपुरकैलाली

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ मंसिर १२, बुधबार १०:१७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?