यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शृङ्गार व्यवसायबाट मनग्य आम्दानी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शृङ्गार व्यवसायबाट मनग्य आम्दानी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

शृङ्गार व्यवसायबाट मनग्य आम्दानी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ५, सोमबार १२:५१ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर – ब्यूटीसिएन (शृङ्गार) व्यवसायमा संलग्न भीमदत्त नगरपालिका–४ की २९ वर्षीया पुनम जैसीलाई परिवारको खर्च चलाउने पिरलो छैन।

तालिम लिएर व्यवसाय सञ्चालन गरेकी उनको मासिक कमाई ४० हजार जति हुने गरेको छ। मासिक रूपमा आउने कमाइले उनको घर खर्च सहज रूपमा चल्न थालेको छ। घरभाडा, बालबालिकाको विद्यालय खर्च, लुगाफाटो, खाद्यान्न, नुनतेल, तरकारीको जोहो व्यवसायको कमाइले धान्दै आएको उनले बताइन्।

अन्तरजातीय प्रेम विवाह गरेकी जैसीले सुरुका तीन वर्ष निकै कष्ट सहनुपर्यो। ‘महेन्द्रनगर बजारको सिद्धनाथ मन्दिरमा लाग्ने तीनमहिने मेलामा तीन वर्षसम्म बालबालिकाका खेलौना, शृङ्गारका सामान, जुत्ता चप्पललगायत सामग्री बेचेर ७०–८० हजार जति कमाइ हुन्थ्यो’, उनले भनिन्, ‘अठार जनाको संयुक्त परिवारमा बस्नुपर्दा त्यो कमाइले खर्च पुग्दैन्थ्यो।’

तीन महिना मन्दिर छेउ बसेर सामान बिक्री गर्ने जैसीले बाँकी समय मजदुरी गरेर जीविका चलाउँदै आएकी थिइन्। ‘ब्यूटिसीएन तालिममा सहभागी हुने मौका पाए’, उनले भनिन्, ‘निकै मेहनत गरेर एक लेभलसम्मको परीक्षा उत्तीर्ण गरेँ, आफ्नै व्यवसाय सञ्चालन गर्ने धोको थियो।’

सीप सिकेर पनि व्यवसाय सञ्चालन गर्न आवश्यक पुँजीको अभाव थियो। मन्दिरमा सामान बिक्री गरेको र मजदुरी गरेर खाइनखाइ राखेको ३० हजार रकम उनीसँग थियो। ‘घर नजिकैको सहकारीमा गएर व्यवसाय गर्ने इच्छा जाहेर गरेँ, पुँजी अभाव रहेका कुरा सुनाएँ’, उनले भनिन्, ‘सहकारीबाट ४० हजार कर्जाका रूपमा रकम पाएँ, आफूसँग रहेको र सहकारीको गरी ७० हजार रकमबाट व्यवसाय सुरु गरेँ।’

ग्राहकको मागअनुसार सेवा दिन थालेपछि व्यवसाय अगाडि बढ्दै आएको उनले उल्लेख गरिन्। हाल पसलमा छ लाख बढीको ब्यूटिसीएन र शृङ्गारसम्बन्धीको सामान रहेको छ। पसलबाट कमाएको १४ लाख र श्रीमान्ले कमाएको १२ गरी २६ लाखमा जैसीले महेन्द्रनगर बजार छेउमा एक कठ्ठा जग्गा घरेडी जोड्न भ्याएकी छन्।

भाडाका घरमा बस्दै आएकी जैसीले यसै वर्ष आफ्नै घर निर्माण गर्ने सोच अघि सारेकी छिन्। ग्राहकको मन जित्न सके व्यवसायलाई अगाडि बढाउन सकिने उदाहरण उनले पेस गरेकी छिन्। जैसीका दुई छोरी र एक छोरा छन्। छोराछोरीलाई उनले निजी अङ्ग्रेजी माध्यमको विद्यालयमा पढाउँदै आएकी छिन्। स्वरोजगार भएपछि जीवन सहज रूपमा चल्न थालेकामा उनले सन्तुष्टि व्यक्त गरिन्। रासस

अघिल्लो लेख कैलालीमा वन मुद्दाका फरार १ जना पक्राउ
अर्को लेख धनगढीबाट खैरो हेरोइनसहित ६ जना एकैदिन पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

आज कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा

२०८२ जेष्ठ २२, बिहीबार ११:०२ गते
कञ्चनपुर

डडेल्धुरा घर भएका एक युवक कञ्चनपुरमा मृत फेला

२०८१ पुष ११, बिहीबार १३:५३ गते
कञ्चनपुरस्वास्थ्य-शिक्षा

पुनर्वासको पशुपति शिक्षा मन्दिरमा नयाँ वर्षको अवसरमा दीप प्रज्ज्वलन

२०८२ बैशाख १, सोमबार १५:५१ गते

सुदूरपश्चिममा सीमानाकामा जनशक्ति बढाइँदै

२०८२ चैत्र २३, सोमबार १६:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?