काठमाण्डौं – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ ।
आज भएको खेलमा नेपालले कुवेतलाई १ सय ८ रनले हरायो ।
नेपालले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रन बनाउँदा अलआउट भयो ।
यसअघि यूएईमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनायो ।
नेपालले हिजो भएको पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो । अब नेपालले आउँदो शनिवार यूएईसँग खेल्नेछ ।
चार वटा टोली सहभागी प्रतियोगिताको शीर्ष टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा छनोट हुनेछ ।





