यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: म प्रेममा होइन, अन्योलमा परेकी छु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: म प्रेममा होइन, अन्योलमा परेकी छु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
विचार/ब्लगसमाचारसाहित्य

म प्रेममा होइन, अन्योलमा परेकी छु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन २१, सोमबार १४:४० गते
SudarshanTelevision
70 मिनेटको
सेयर गर्नुहोस्

भारी जिउ अपुरो निन्द्रा अनि बेङ्गलोरको गर्मी । बिहानको ८ बज्दा पनि मलाई निन्द्राले छोडेको थिएन। बाहिरको हल्ला – खल्लाका कारणले निन्द्राले छोडिहाल्यो । तर मलाई बेड छोड्न फिटिक्कै मन लागेन। हुन त मैले हिजै कलेज नजाने मनसाय बनाएकी थिए । जबरजस्ती सुत्न खोज्दा पनि निन्द्रा भने अंह लागेन । दुई हात पर टेबलमा राखेको मोबाइल शरीर तन्काएर समाते । हुन त आजकालका कमै मानिस होलान् नित्यकर्म हात-मुख धोएपछि मात्र मोबाइल समात्ने विशेष गरी युवाहरू ।

अर्धखुल्ला आँखाले मोबाइल चलाउने प्रयत्न गरे, मोबाइलको ब्राइटनेस घटाउँदै वाइफाइ अन गरे । नेटवर्क आउने बित्तिकै मोबाइलमा टङ टङ टङ पाँच छ चोटी नोटिफिकेसन आयो, जसरी मरुभूमिमा प्यासी मानिसले पानी पिउँछ एकै सासमा। पाँच मिसकल अनि एउटा भोइस मेसेज, मन आतियो । मन पनि किन नआतियोस् ? यसरी कहिले बिहान बिहानै मेसेज, कल नगर्ने मान्छेले एक्कासी गरेपछि । हुन त पहिला उसको मेसेज आउँदा जति खुसी उत्साहित हुन्थाे, तर आजकाल सायदै हुन्छु होला ।

डरै डरले मेरा अनिला आउँला उसले पठाएको भ्वाइस मेसेज प्ले गर्न पुगे । “ह्याप्पी एनिभर्सरी अस्मी हाम्रो भेट भएको आज चार वर्ष पूरा भयो । यो बीचमा मबाट केही गल्ती र तिम्रो मन दुखाउने काम गरेको भए मलाई माफ गरिदेउ एन्ड अगेन आइ लभ यु सो मच् । ओके बाइ आफ्नो ख्याल राख्नु, ह्याव अ गुड डे, साँझ अन आउने टाइम भएपछि फोन गर्छु”। यी सब कुरा उसले एकैसासमा भनेर टुङ्गाएको थियो।

हुन त ऊ आजकाल मेरा लागि घाँटीमा अडिएको माछाको काँडा जस्तै भएको छ। न त निल्न सक्छु न त फ्याल्न नै, तर पनि उसको घोचाई कतिबेला मनको कुनै कुनामा प्यारो लागिरहन्छ । बेलाबखत म आफैंलाई प्रश्न गर्ने गर्छु ‘म प्रेममा छु या अन्योलमा’ । मेसेज थियो रोहनको, उसको आवाजले मेरो अङ्ग अङ्गलाई जगाएको थियो । मन चङ्गा भयो, यति खुसी सायद धेरै पछि भएकी थिए। अतीतका कुरा झलझली मन र मानसपटाल भरि घुम्न थाले, तीता-मिठा कुराले मन झन ओझेलमा पर्यो । उसलाई भन्न त कति कुरा थिए तर सबै कुरा मनमै सहिद भइदिए, मन गरङ्गो भयो भोइस मेसेज पढाउने आँट आएन । अन्तत मिटु भन्दै रातो दिलको इमोजी पठाइदिए । कस्तो अचम्म जोसँग रातभरि च्याटिङ गरेर नथाक्ने औंला आज त्यहीलाई चार शब्द लेख्न किन यति धेरै अन्योलमा परेका । जोसँग नबोली मन मान्थेन त्यहीँसँग बोल्नका लागि बोलि किन नफुटेको । जिन्दगी यही त रहेछ अरु कसैको मन दुख्लाकि भनेर आफ्नो मनलाई छिया छिया पारेर बाँच्नु । फेरि एकचोटी टङ्ग मोबाइलको नोटिफिकेसन बज्यो। “अस्मी रेडी भएर बस है, आज कतै घुम्न जानुपर्छ, पूजा र म तेरो घर आउदै छाै” । मेसेज सिम्रनको थियो । पछिल्लो एक डेढ वर्ष यता हामी तीनजनाको निकै राम्रो दोस्ती छ । हामी तीनटैको भेट कलेजमा भएको थियो। हामी दुवै नेपाली पहिलोपटक इन्डिया गएका, नयाँ ठाउँ नयाँ परिवेश नयाँ साथी हामी उत्साहित थियौँ। पहिला हाम्रो रूम पनि नजिकै थियो । उसका र मेरो बाबा साथी भएका कारण हाम्रो चिनजान हुन सहजै भएको थियो । त्यसैकारणले पनि होला हामी एउटै कलेजमा भर्ना भयौ । टी.आइ.टी ग्रुप अफ इन्स्टिट्युसन बिएस्सी नर्सिङका लागि । भर्ना भएको पाँच दिनपछि कलेजले ओरिन्टेसन क्लास राखेको थियो । हामी पनि ओरिन्टेसन क्लासमा सहभागी भयौँ । पाँच छ जना प्रोफेसरले आफ्नो मन्तव्य राख्नुभयो । पुराना विद्यार्थीहरूले नाचगान गरे । माहोल निकै रमाइलो थियो । करिब डेढ घण्टाको प्रोग्रामपछि हामी घर फर्कियौं। त्यस दिन खासै कोहीसँग चिनजान भएन । नोटिस अनुसार त्यसको दुई दिनपछि मात्र ११:३० बजेदेखि रेगुलर क्लास हुने भयो । हामी दुईटै घरबाट सँगै निस्कियौ‌ । कलेजको पहिलो दिन । मन उत्साहित र अलिअलि डर पनि भएको थियो। उत्साहित यस कारणले कि नयाँ ठाउँ नयाँ परिवेश नयाँ माहोल । डर यस कारण कि, कहीँ कतै र्‍यागिङ पो हुने हो कि ? नयाँ विद्यार्थी भनेर हेप्ने पो हुन् कि ? पढाएको नबुझिने पो हो कि ? त्यस्तै त्यस्तै कुरा खेलाउँदै हामी कलेजको गेट अगाडी पुग्यौ । सिम्रनले गेटदाइलाई सोधि बिएस्सी “नर्सिङ क्लास फर्स्ट इयर” यो सुन्ने बित्तिकै उसले मुस्कुराएर भन्यो “ब्लक बि. 13 नम्बर रूम”, “सिम्ररनले खुसी हुँदै भनी थेक्यु” ऊ मुस्कुरायो मात्र । हामी सरासर आफ्नो क्लासतिर अगाडि बढ्यौ । क्लासमा १०-१२ जना मात्र थिए। उनीहरू आआफ्नै गफमा व्यस्त थिए। हामी दुईटै केही नबोली सरासर फोर्थ बेन्च खाली थियो गएर बस्यौ। करिब १५ मिनेटपछि एकजना सेतो दाह्री तालुमा कपाल सायदै भएका, भुढी अलि बाहिर आएको, उनको हाउभाउले नै लाग्थ्यो उनी यहाँका प्रोफेसर हुन् । उनी सरासर हाम्रो क्लासमा छिरे। छिर्ने बित्तिकै सबैजना एकैसाथ उठे । बुढाले हातका इसाराले भने ओके सिट डाउन गाइज । र बुढाले क्लासलाई सजिलो बनाउँदै ‘सो लेडिज एण्ड जेन्टलम्यान’, इट्स मी प्रोफेसर रघुनाथ शर्मा यु क्यान कल मी शर्मा सर आइ विल टिच यु हीअर बायोकेमिस्ट्री, सो पिलिज कोअपरेट विथ इच अदर फर एचिभिइङ आवर गोल्स,ओके । सबैले एकै साथमा ओके भने । एकछिनमा प्रोफेसरले पुरै क्लासलाई सुनिने गरी भने , ‘ओके क्लास सेल हुइ स्टार्ट वाओर क्लास’ सरले यो भन्ने बित्तिकै पछाडिबाट एकजना केटाको आवाज आयो । सर आज हमारा पहला दिने है, कुछ इन्टो-सेन्ट्रो हो जाए पढना तो होताइ रहेता है । सर त्यो केटाको नजिक जाँदै भन्नुभयो ‘एसएस वाइ नट अभियस्ली बट नट नाउ आफ्टर दि क्लास । आनेबाले चार वर्ष तक आप यही पढ्नेवाले हो। सबै खित्का छोडेर हाँस्न थाले, केटा आफ्नै ठाउँमा लजाउँदै बस्यो । सरले कोर्सको बारेमा इन्ट्रो दिनुभयो । अबका दिनहरूमा यो यो पढ्ने र पछि यो यो पढ्ने भनेर छलफल गर्दैमा क्लास सकियो ।

हरेक दुई प्रेडपछि १५ मिनेट ग्याप हुने रहेछ । हामी क्लासमै बसिरह्यो । त्यो दिन पनि त्यसै गयो। घर फर्कँदा कलेजको गेट अगाडि रोकिएको अटो चालकलाई सोध्यौ ‘भैया भिमनगर जाओगे ?’ हा म्याडम । हामी अटोमा बस्दा त त्यहाँ एक केटी अगाडि नै बसेकी थिइन् । हामीलाई देखाएर उनी मुस्कुराइन । अलि खुसी पनि देखिन्थिन् । हामीले पनि हाँसोको भाव जनायौ ‌‌। अटोमा बसिसकेपछि उसले नै कुरा अगाडि बढाई।
हाइ !
हामी दुबैले हेल्लो !
आपको पता है, मे भी आपकी क्लासमे हु ।
सिम्रन अचम्मित हुँदै, अच्छा हमने तो नहीं देखा आपको क्लासमे ?
मे आपके पिछे बेठिथि । आप लोग नेपाल से हे ? फेरि सिम्रन अचम्मित हुँदै, हा ! आपको कैसे पतालगा ? आपको बातचीत कर्ते सुनाथा । हमारे घर के गार्ड अङ्कल भी नेपालसे हि हे , और हमारे घर मे खाना बनाने वाली दिदी भी नेपालसे हि हे । नेपाली बोल्ना तो नही आता बट सुन्ने मे बहुत अच्छा लगता हे । कुरा गर्दागर्दै उसको घर आएछ। उसले भने ओके बाइ कल कलेज मे मिल्ते हे । आफ्नो घरतिर गएर हामी त्यहाँबाट छुट्टियौ। चिनजानको नाममा त्यस दिन पूजासँग मात्र भएको थियो।

कलेजको दोस्रो दिन, हामी कलेज पुग्दा १० मिनेट ढिला भएकाले शर्मा सरकाे लेक्चर सुरु भैसकेको थियो। हामी दुवै डराएका थियौँ कतै गाली त खाइने होइन भनेर, सिम्रनले बिस्तारै excuse me sir may we enter in… सर हामीतिर हेर्दै, यस यु क्यान, why are you late मैले डराएको आवाजमा बिस्तारै sorry sir. ok take your sheet सुरुका तीन चार बेन्च भरिएका थिए । पछाडिका नि खाली थिएनन् । अब कहाँ बस्ने भनेर अन्योलमा पर्यौं । क्लासलाई नियाल्दा, पछाडिबाट कसैले बोलाए जस्तो लाग्यो । हेलो, हामीलाई इशाराले त्यही हिजोकै केटीले बोलाई ऊ एक्लै बसेकी थिइ । हामी दुवै र ऊ लागेर तीन जना हामीसँगै बस्यौँ । उसले हाम्रा लागि सिट राखेकी रहिछ । पहिलो र दोस्रो प्रेडमा हामीले पढाइकै सम्बन्धी कुराकानी गर्‍यौं । त्यसपछिको १५ मिनेटको ब्रेक टाइममा हामी तीनैजना बाहिर निस्कियौं । सबै आआफ्नो साथीको ग्रुपमा गफिएका थिए । हामी कलेजको छेउकै खाली चौरमा उभियौं र त्यहाँको दृश्य नियाल्न थाल्यौ ।
टृङ….. टृङ….. डोर बेलको आवाज आयो । ढोका खोल्न गए, पूजा र सिम्रन घरभित्र पस्दै ‘गेट रेडी फास्ट’ पूजाले पुग्ने बित्तिकै हतार हतारमा भनी, मैले भने ओके तर जाने चाहिँ मन्दिरमा है । मेरो बोली भुइँमा खस्न नपाउँदै सिम्रनले भन्छे, ओ माता रानी का.. मन्दिर जाने कतै रमाइलो ठाउँमा जाम्न । पूजाले त पहिले नै भनेकि थि जता गए पनि जाने भनेर । सिम्रनले जति जिद्दी गरे पनि अ:त त हामी मन्दिर नै जाने गयौँ ।

मन्दिरमा दर्शन गरेर हामी, नजिकैको ग्रीन पार्कमा गयौँ । सिमरन र पूजाले त्यहाँ दुई चारवटा रिल्स बनाए। मलाई पनि बनाउन कर गर्दै थिए तर मलाई केही गर्ने जागर नै चलेको थिएन। म नजिकै आएर सिम्रनले सोधी, के हो मिस् ? आजकाल निकै उदास देख्छु त, कतै लभ-सब ब्रेकअप त भएको छैन ? नत्र त हाँस्ने खेल्ने मान्छे होस् । म केही भन्ने मोडमै थिएन, त्यसैले ह्या छोड्न यार। त्यस्तो केही होइन। पूजाले पछाडिबाट घच्घच्याउँदै । please यार । केही गर्दा पनि नमानेपछि, के सुनाउ यार तिमीहरुलाई, कथा भए पाे सुनाउनु अब त व्यथा मात्र बाँकी छ । लामो सास फेर्दै माया…. गर्छु….. गर्थे…. सायद अझै पनि मनको कुनै कुरामा अलिकति जीवित छ । सिम्रन नबुझेझै गरी मतलब ? ह्या छोड्न यार। मेरो मोबाइल कतिबेला समातेर पूजा चलाउन थालेकी रहेछ, । यहाँसम्म कि उसले त रोहनको मेसेज पनि पढ्न भ्याइसकेकी रहेछ । हतार हतारमा मोबाइल खोस्न खोजे, उसले दिन मानेन । सिम्रनले सोधिहाली को हो रोहन ? उही के….. अब सिम्रन पुरै कहानी सुनाउन भनेर कर गर्न थाली ।

ठिक चार वर्ष अगाडि ११ को फाइनल एक्जामको तयारीमा थिए । एक्जाम सुरु हुन लगभग १ महिना बाँकी थियो । एक त यो सबैको घरघरको कहानी हो कि एक्जामको समयमा घरकाले मोबाइल खोसिदिने लुकाइदिने गर्छन् । मेरो मोबाइल पनि नखोसेको होइन तर घरमा दिदी मात्र हुनाले दिदीलाई मनाएर अनलाइन पढ्छु भनेर मागेकी थिए । त्यतिबेला नेपालमा टिकटक निकै चलेको थियो । एकदिन दिउँसोको खाना खाएर हामी एउटै कोठामा मोबाइल चलाउँदै थियौ । कसैले मलाई फलो गर्दै आठ दश भिडियोमा लाइक गरेको नोटिफिकेसन आयो । मैले त्यति मतलब गरेन किनभने, अक्सर केटाहरू त्यही गर्थे केटीको प्रोफाइल हेर्यो, भिडियोमा लाइक गर्यो, फलो गर्यो, कोही-कोही त कमेन्ट गर्न पनि भ्याउँथे । दिक्क लागेर लाइभ बसे १५ मिनेट जति साथीहरुसँग बोलेपछि । रोहन जोइन योर लाइभ, भनेर नोटिफिकेसन आयो । मैले, हेलो रोहनजी वेलकम टु माइ लाइभ । उताबाट ‘धन्यवाद’। फेरि उतैबाट कोही कोही त फलो ब्याक नि दिँदैनन् । मैले भने, को हो रोहनजीलाई ब्याक नदिने ? तर मलाई थाहा थियो उसले मलाई नै भन्न खोजेको थियो । उसले फेरि मेसेज पठायो । ‘छन् कोही कोही…..’

कुरा सुरु हुँदै थियो उताबाट दिदीले कराइहाल्नु भयो, ‘ओइ पढ्न बस, जाँच आएको होस् छैन ।’
ओके गाइज बाइ भनेर लाइभ इन्ड गरे । नोटिफिकेसन बक्समा गएर रोहनलाई फलोब्याक दिए र मोबाइल बन्द गरेर पढ्न बसे । साझा खाना खाएपछि ९ बजेतिर अनलाइन आए । रोहनले मेसेज गरेको रहेछ ।
धन्यवाद ।
किन ?
फलोब्याक दिएकोमा ।
फलोब्याक दिए नि कोही धन्यवाद भन्छन् र ?
अरुको त थाहा छैन तर म भन्छु ।
वोके !
अनि सन्चै छौ ?
हजुर, सन्चै छु । मलाई चिन्नुहुन्छ र ?
हजुर, चिन्छु ।
कसरी ?
कुनै दिन भनम्ला ।
भन्नु न प्लिज, मलाई कौतुहलता जाग्यो कतै चिनेको आफन्तको मान्छे त होइन भनेर ।
अनि खाना खानुभयो ?
उम्म, हजुरले ?
मैले त खाएको छैन तर तिम्रो बोलीले मेरो भोक मेटिसक्यो ।

त्यसदिन त्यति कुरा भएर हामी छुट्टियौ । यसभन्दा पहिले म अनजान केटासँग कहिल्यै बोलेकै थिएन तर खै मन न हो उसँग कसरी पो बोल्न पुगे उसको प्रोफाइल चिहाउन पुगे, मान्छे ह्यान्डसम नै थियो । बोलिचाली पनि राम्रै थियो । हुन त पहिलो चिनजानमै को पो नराम्रो लाग्छ र ? दुई चार दिन त्यस्तै सामान्य कुरा भयो । एक हप्तापछि एक साँझ र उनको मेसेज आयो । हेलो अस्मिता जी । हजुर, भनेर मात्र रिप्लाई दिए । तिमीलाई एउटा कुरा भनु ? के कुरा ? भन्नु न। रिसाउन त रिसाउँदैनौ नि ? पहिला कुरा के हो भन्नु न रिसाउने नरिसाउने कुरा त पछिको हो । तिमी बच्चैबाट यति राम्री हो ? छ्या नजिस्काउनु न । जिस्काएको होइन साँच्चै भनेको । रोहन यस्तै यस्तै कुरा गर्थे र म पनि कुरामा लिन हुन्थे । हाम्रो कुरा नभएको दिन नै हुँदैनथ्यो । पहिला पहिला त भिडियो मात्र सेयर हुन्थे । त्यसपछि मेसेज मेसेजबाट अडियो कल त्यसपछि भिडियो कल दिनको एकचोटि त बोलेकै हुन्थ्यो । सायद हामीलाई एकअर्काको बानी परेको थियो। एकदिन हामी भिडियो कलमै कुरा गर्दै थियौँ ।

उसले अचानक सिरियस हुँदै भन्यो, अस्मी
हजुर,
‘म तिमीलाई माया गर्छु । एकदिन तिमीलाई तिम्रो कलेजको अगाडि देखेको थिए । पहिलो नजरमै तिमीलाई देख्ने बित्तिकै मेरो मन घायल भएको थियो । कुनै चलचित्रमा जसरी नायकले नायिकालाई देख्ने बित्तिकै फूलको वर्षा मन्द समयको गति सुस्त हावा त चलेन, तर पनि तिमी मेरो मनमा बस्न सफल भयौ । तिम्रो आइडी खोज्न निकै गाह्रो भयो । पछि जब तिम्रो आइडी पाए कति छिटो फलो गरे त्यो आफैंलाई पत्तै भएन । तिमीले फलोब्याक नै दिएनौ । सोचे अफलाइन होलाउ । तिम्रो भिडियोमा कमेन्ट पनि गरे तिमीले कुनै रियाक्ट नै गरेनौ । मन खिन्न भयो सोचे अनफलो गरिदिन्छु तर मनले मानेन । पछि लाइभमा कुरा भएपछि मन शान्त भयो । तिमीले फलो ब्याक दिएपछि त झन् मेरो खुट्टा भुइमै थिएन । मेरो मनमा हजारौँ तरङ्ग आए । सोच्थे अब तिमीलाई नै जीवनसाथी बनाउँछु । यदि तिम्रो कोही छ भने र तिम्रो मन दुखाएको भए मलाई माफ गरिदेउ । केही दिनपछि तिमीलाई यो कुरा भन्ला भनेर सोचेको थिए तर खै तिमीलाई नभनिकन मैले शान्त बस्न सकिन ।’

उ यो भनेर मौन बस्यो । म त झन् उसको कुरा सुनेर सुरुबाटै चुपचाप थिए । उसको कुरा सकिएपछि मुटुको धड्कन तेज भयो मन अत्तालियो कता-कता डर कता-कता लाज लागेर आयो । जीवनमा समय यस्तो पनि आउँदो रहेछ, कसैले म तिमीलाई माया गर्छु भन्दा पनि डर लाग्ने मन अत्तालिने । म जवाफ विहीन भएकी थिए । उसले परिस्थितिलाई सजिलो बनाउँदै, हतार छैन तिम्रो लागि म सात जन्म पनि कुर्न तयार छु । म फेरि लजाए गाला रातो न तातो भएको महसुस भयो । मैले धेरैपछि आँट गरेर, ‘म पछि कुरा गर्छु है, भन्दै कल इन्ड गरे।’ फेरि उसले म्यासेज गर्यो मैले के सम्झिनु अस्मी यस और नो ? उसको मेसेज सिन गरेन । फेरि ओके टेक योर टाइम तिमीले कल गर्यो भने यस सम्झनने छु । म अहिले यो अवस्थामा थिए कि तुलनात्मक हिसाबमा भन्ने हो भने ४० प्रतिशत म डराएकी र ६० प्रतिशत म खुसी भएकी थिए । हुन पनि हो यस्तो राम्रो केटाले प्रेम प्रस्ताव राखेपछि को खुसी हुन्न ? कल इन्ड गर्ने बित्तिकै फेरि उसको प्रोफाइल हेर्न मन लाग्यो । मन अघाउन्जेल हेरिरहे मनमा काउकुती लाग्यो ।

हाललाई अप्ठ्यारो खुड्किलो यो थियो कि कसरी उसको प्रस्तावलाई स्वीकार गर्ने ? मानस पटलभरि विभिन्न तरङ्ग आए र यो अठोट गरेकी जे पर्ला पर्ला हुन्छ भनिदिन्छु । साँझ पर्यो खाना खाएर दिदीले मलाई पढ्न बस भन्नुभयो । हुन्छ भनेर म आफ्नो रुमतिर लागे । किताब समातेकी के थिए पढ्न मन नै लागेन किताबमा अक्षरको साटो उसको मुखाकृति देख्न थाले । उसकै बारेमा सोच्न थाले । मनले नमानेपछि मोबाइल समाते अन गर्न के लागेकी थिए । कोठामा दिदीको प्रवेशले मेरो सातो गयो । दिदि रिसले चुर हुँदै तलाई पढ्न बस भनेको कि मोबाइल चलाउन ? पढ्नु सड्नु छैन मोबाइलमै झुन्डियाछ चौबिसै घण्टा, ल्या त्यो । मलाई एक शब्द बोल्न नदिकन मोबाइल खोसिन र आफ्नो कोठातिर लागिन् । त्यो दिन दिदीलाई देखेर रिस लागेर आयो । धित मरुन्जेल मनमनै गाली दिए उसको कुभलो चिताए । अब झन् पढ्न मन के लाग्थ्यो किताब टेबलमा पछारेर सुत्न भनी बेडमा पल्टिए । अचानक रोहनले भनेका कुरा याद आए, पछि कल गरेपछि प्रस्ताव स्वीकार गरेको सम्झन्छु भनेको, अब त म अनलाइन छैन रोहनको मनमा के बित्दै होला ? के ऊ पनि म जस्तै छटपटिदै होला ?

दोस्रो दिन दिदीसँगै केही बोलिन । खाना पनि सँगै खाइन, यो प्रक्रिया तीन दिन चलिरह्यो । चौथो दिन साँझ खाना खाएर पढ्दै थिए दिदीले बोलाई जान मन लागेन तीन चार पटक बोलाएपछि नगएर सुखै भएन । उसलाई शान्त पार्नको लागि भनेर केही नबोलेर उसको अगाडि उपस्थित भए । ला यो अब चाहिने बेला मात्र चला तेरै लागि भनेकाे हु, जाँचपछि जति चलाए पनि हुन्छ अब कति नै दिन बाँकी छन् र जाँच आउन । दिदीले मोबाइल दिँदै भनिन्, ल ल जा । मोबाइल लिँदा मेरो खुसीको सीमा नै थिएन । अस्ति दिदीको कुभलो चिताउने म , अहिले माया लागेर आयो। फटाफट आफ्नो रूमतिर गए र डाटा अन गरे, रोहनले ३०-४० कल र म्यासेज गरेको थियो । उसका मेसेज,
हेलो अस्मी !
रिसाएकी हौ र ?
तिमी बिना मेरो जीवन अर्थ बिहिन हुन्छ ।
तिमी मात्र पहिलो त्यो केटी हौ, जो मेरो मनमा बस्न सफल भयौ ।
रिप्लाई त देउ ।
सरी है अबबाट कहिले यस्तो कुरा गर्दैन ।

यो सब देखेर रोहनको झन माया लागेर आयो । सिधै कल गर्न आँट आएन । सरी म अन आउन पाइन, भनेर रिप्लाई छाडिदिए । करिब १५ मिनेटपछि उसको कल आयो । मन झसङ्ग भए ता पनि कल रिसिभ गरे । कल रिसिभ गर्ना साथ का गएकी थियौ ?
दिदीले मोबाइल खोसिदिनु भयो । ऊ केही बोलेन मौन बसिरह्यो । म पनि त्यति भनेर मौन नै थिए । करिब पाँच मिनेटको मौनतापछि उसले सोध्यो, किन खोस्नुभएको मोबाइल ? मैले सबै बेली विस्तार लगाई त्यो दिन खासै कुरा भएन र उसले फोन राख्दै भन्यो म आज निकै थाकेको छु भोलि कुरा गर्ला । मैले हुन्छ भन्दै मोबाइल बन्द गरेर पढ्न बसे । जाँचको तयारी पनि त गर्नु थियो । बिहानै उसको good morning भनेर मेसेज आयो, मैले रिप्लाई दिँदा ऊ अन थिएन । फ्रेस भएर घरको काममा लागे। खै थाहा छैन किन मलाई आजकाल दिनभन्दा रातको समय निकै प्यारो लाग्न थालेको छ । सबैलाई कति छिटो बिहान होला भन्ने हुन्छ मलाई कतिबेला राति पर्ला भन्ने हुन्छ । किनभने त्यतिबेला म रोहनसँग हुन पाउँछु, कुरा गर्न पाउँछु । कुनै दिन त कुरा गर्दागर्दै बिहान भएको पत्तै हुँदैन ।

हाम्रो फाइनल जाँच आउन एक हप्ता मात्र बाँकी थियो। तयारी भने खासै थिएन । रोहनले भन्यो, अस्मी भोलिबाट म आउन पाउँदैन । होस्टेलले मोबाइल राखिदिन्छ । अनि जाँचको पनि तयारी गर्नुछ । तिमी नि अब ध्यान दिएर पढ । केही समस्या परेपछि यो नम्बरमा कल गर्नु गाड दाईको हो रोहनलाई बोलाइदिनु भनेपछि कुरा गराइदिन्छन् । मैले हुन्छ भन्दै सहमति जनाएर त्यो दिन हामी छुट्टियौं । जाँच सुरु भयो वैशाखका लामा र गर्मीका दिन । त्यसमाथि रोहनको अनपस्थिति दिनहरू उराठ लाग्दै थिए । तेस्रो दिनको जाँच दिएर घर फर्कँदा रोहनको निकै याद आयो । हुन पनि आज १० दिन भइसकेको थियो रोहनसँग नबोलेको मोबाइल समाते उसँग गरेका च्याट बार-बार पढे आफूले गरेको कुरा देखेर हाँसो उठ्यो । हुन त आजकाल मन भुलाउनका लागि भएपनि यिनै च्याट हेर्ने गर्छु । यसै क्रममा रोमनले दिएको गाडदाईको नम्बर देखे । फोनमा दाइको नम्बर डायल गरे । फोन गरौँ कि नगरौँ भनेर मनमा द्वन्द्व चलिरह्यो । फोन रिसिभ गरेपछि तपाईं रोहनको को हो ? भनेपछि के भन्ला सिधै म उसकी प्रेमिका त कसरी भन्ने । पाँच छ चोटी डायल गरे कल गर्ने आँट आएन पछि जे पर्ला पर्ला भनेर कल लगाए । एकचोटि फोन उठेन दोस्रोचोटि गरे उठेन । करिब १५ मिनेटपछि त्यही नम्बरबाट कल आयो । म झसँग भए । अब के बोल्ने, को हु भनेर बोल्ने यस्तै यस्तै ….
हेलो !
हजुर, होस्टेलको गार्ड दाई बोल्दै हुनुहुन्छ ?
हजुर हो किन के काम थियो ?
दाई रोहनलाई बोलाउन सक्नुहुन्छ म उसको साथी
हुन्छ बहिनी, अहिले रोहनको जाँच चल्दैछ सकेपछि दिन्छु ।
हुन्छ, धन्यवाद दाई भन्दै फोन राखे । आधा घण्टापछि फेरि कल आयो ।
हेलो, रोहनको आवाज थियो ।
रोहन सन्चै छौ ?
उम्म अनि तिमीलाई कस्तो छ ? जाँच कस्तो जाँदैछन् ?
ठिकठाकै भनम् अनि तिम्रो ?
मेरो नि ठिकै जाँदै छन् अनि सब ठिक छ नि आज फोन एक्कासी कसरी ?
सब ठिक छ त्यस्तै केही होइन तिम्रो याद धेरै आएर । ऊ केही बोलेन । सायद केही सोच्दै थियो र एकछिनपछि भन्यो । ठिक छ अहिले जाँच राम्रोसँग देउ म फोन गर्छु तिमीलाई अहिले राख् । दुई मिनेट बोलेपनि म निकै खुसी थिए, सायद यो मेरो हप्ता दिन या त जाँचसम्मका लागि खुराक थियो । म पनि मायाको लतमा परिसकेकी थिए । पाउँदा कस्तो आनन्द नपाए छटपटी, एन्जाइटी, डिप्रेसन आदि-आदि । अब दुईवटा जाँच बाँकी थिए । जाँच दुई भएतापनि बीचमा ग्यापको कारणले चार दिन बाँकी थियो । साँझको लागि तरकारी केलाउँदै थिए मोबाइलमा घन्टी बज्यो पहिलोचोटि त मतलब गरेन ह्या के जानु कोठामा मोबाइल लिन काम भए दोस्रोचोटि गर्छन् भन्ने सोच आयो । फेरि अर्को मनले मानेन कतै बाबा मम्मी त होइनन् भान्साबाट रुमतिर लागे । फोन थियो राेहनको हतार-हतार फोन रिसिभ गरे । रोहनले हतार हतारमा भन्यो अस्मी जाँच सकिएपछि धनगढी आउँछौ ? म अग्मकीय हजुर के भन्यौ धनगढी आउने ? उताबाट फेरि छिटो भन न गाड दाईलाई दुई मिनेटमा मोबाइल दिनुपर्छ। म सोचेर भन्छु भने । ल ल हुन्छ भन्दै फोन राखे । म फेरि अन्योलमा परे । कसरी जाने होला ? घरमा के भन्ने होला ? एक मनले सोचे मेरो माया रोहनसँग होइन अन्योलसँग परेको छ । ऊ मलाई हरेकपटक दोधारमा पार्थ्यो तर माया पनि उत्तिकै गर्थ्यो ।

आज म एकदम खुसी छु । पहिलो यस कारण कि आज मेरो परीक्षा सकियो । दोस्रो यसकारण कि रोहरले मलाई भेट्न बोलाएको छ । अब पालो थियो दिदीलाई मनाउने । सिधै बोइफ्रेन्डलाई भेट्न जान्छु भन्ने त कुरै आएन । दिदीको कोठामा गए । दिदी, उम्म भन । मैले नरम हुँदै दिदी आज साथीहरूसँग धनगढी घुम्न जाम । दिदी ठूला आँखा बनाउँदै किन ? त्यसै, परीक्षा सकियो त्यसैले साथीहरू घुम्न जाने भन्दैछन् । ल ल ठिकै छ । त्यहाँ गएर धेरै मात्तिने होइन पछि छिटो घर आउनु । हुन्छ त्यति भन्दै आफ्नो कोठातिर कपडा चेन्ज गर्न गए । सबै कुरा सकेर घरबाट निस्किने बेला दिदीले बोलाउँदै हातमा हजार हजारका तीन नोट थमाइ दिनुभयो । त्यतिबेला म यति खुसी भएकी थिए कि यदि म लाज नमान्ने हो भने दिदीलाई अंगालो हालेर आइ लभ यु दिदी भन्दै गालामा चुमिदिन्थे । तर दिदीको कठोर व्यवहार देखेर डर लागेर आयो । मनमनै दिदीलाई धन्यवाद दिए । बेलौरीबाट धनगढीको बसमा बसे बस १२ बजे मात्र हिँड्ने रहेछ । बस भेट्न अझै केही समय बाँकी थियो । एक्लै यो समय काट्न निकै गाह्रो भइरहेको थियो । रोहनलाई फोन लगाएर म यताबाट १२ बजे हिँड्छु भने । बस हिँड्यो यता उताको दृश्यले मन फुरुङ्ग भयो । त्योभन्दा झन् अगाडि आफ्नो माया गरेको मान्छेसँग भेट हुँदै थियो । यो मन त्यसै खुसी र आतुर थियो। बाटोभरि यही कुरा सोचिरहे की पहिलो भेटमा कसरी बोल्ने ? के भन्ने ? देख्ने बित्तिकै अङ्गमाल गर्ने कि हाई मात्र भन्ने ? यही कुरा कल्पिदा कल्पिँदै भन्सार आएको पत्तै भएन । अबको पाँच मिनेटमा चौराहा, मन आतियो डर लाग्यो मनमा नकारात्मक सोच आउन थाले कतै रोहन व्यवहारमा नराम्रो त गर्ने हैन ? ह्या घर फर्किदिन्छु भन्ने जस्ता अनेकौं सोच मनमा खेल्न थाले। मन लाई सम्हाल्दै चौराहा पुगे वैशाख जेठको गर्मी त्यसमाथि दिउँसोको समय ओ हो सोच्दा त पसिना खलखली आउँछ भने ।

बसबाट उत्रिए यताउता हेरे रोहनलाई कतै देखिन। त्यस्तो गर्मिमा पनि मानिसको चहलपहल, अस्तव्यस्त गाडी मोटरको कोलाहाल परबाट १६-१७ वर्षको केटा म नजिकै आएर भन्यो दिदी अत्तरिया हो ? पहाड हो ? जाम हिँड्नु दिदी हाम्रो गाडी हिँड्न थाल्यो । होइन-होइन भाइ म यहीसम्म हो । ऊ अलि निराश भयो सायद उसले एउटा प्यासेन्जर घटेकोमा मन दुखाएको हुनुपर्छ । फेरि हाँस्दै बोइफ्रेन्डलाई भेट्न आउनुभएको हो कि के हो दिदी ? मैले हसिलो मुखले जवाफ दिए होइन नि भाइ । दाई पहाड हो ? भन्दै कुरालाई बिट मार्दै एउटा मान्छेको झोला समात्दै आफ्नो गाडीतिर लग्यो । मलाई अचम्म लाग्यो । कसरी थाहा भयो यो भाइलाई म कसलाई भेट्न जाँदैछु भनेर ? के मेरो अनुहारमा प्रष्ट देखिएको छ कि म कोलाई भेट्न जाँदैछु भनेर ? दिदीले पनि थाहा पाइन् होला र ? मेरा आँखा अझै पनि त्यसै थिए कसैलाई देख्ने कसैलाई खोज्ने तलतलमा । अलि पर एउटा केटा खैरो सर्ट, जिन्सको पाइन्ट, कालो जुत्ता अग्लोकद भएको कसैलाई खोजे जस्तै यताउता हेर्दै थियो । उसलाई चिन्न मलाई समय नै लागेन । म खुसी हुँदै उसको नजिक गए । पछाडिबाट बोलाए । दाया काँधमा दुईचोटि बिस्तारै हानेर देब्रेपट्टि गए । ऊ पछाडि फर्कियो तर कसैलाई देखेन पछि मलाई देखेर ऊ पनि खुसी भयो र भन्यो, तिम्रो जिस्किने बानी त कहिले जाँदैन है । मैले भने, किन मन पर्दैन र ? ऊ जिस्किँदै मन होइन अब बानी पार्नुपर्छ । निधारको पसिना पुछ्दै फेरि थप्यो, अरे यार तिमी उस्तै हिड्छाै, त्यसमाथि धनगढीको गर्मी म त ढल्ने जस्तो भए, जाउँ हिँड् । दवेको स्वरमा मैले भने, कतै मसँग गएर ढलेको ढलै त हुने होइन नि ? उ जिस्किँदै अनि तिमी कहिले काम आउने हौ ? मलाई उठाइ हाल्लाउनि यार । मैले, उठाइन भने ? तिमी उठाउन्छै कि भनी कुरि रहन्छु ? एदि म आइन भने ? तिम्रै यादमा जोगि भएर बस्छु, नरम सोरले मायालु भाबमा भन्यो । कुरा गर्दागर्दै हामी अटोमा चढेर बेल्स क्याफे तर्फ लाग्यौ । नास्ता गरिसकेपछि हिँड्दा हिँड्दै फेरि चौराहा आयौ उसँग हिँड्दा त अहिले गर्मी भएको महसुस खै कहाँ गयो, यसभन्दा पहिले पनि यो बाटोमा हिँडेकी थिए तर हरेकपटक दिक्क मानेर तर यसपाली भिन्न फरक र रोमाञ्चक । रोहन फोनमा कोहीसँग कुरा गर्दै थियो । सायद कसैलाई बोलाउँदै थियो होला । मैले सोध्दा कोही होइन साथी भनेर कल इन्ड गर्यो । पाँच मिनेटपछि चौराहा पुग्दा एउटा केटा मलाई हेर्दै नमस्कार भाउजु, म अचम्मित भए नचिनेकोले सिधै भाउजु,अप्ठ्यारो मान्दै रोहनलाई हेरे । मेरो साथी हो । रोहनलाई हेर्दै, भाउजु त लजाउनु मात्र हुन्छ । रोहनले बीचमै, बाइक कहाँ छ ? हतार नगर्न बाइक अगाडि छ । ल यो चाबी भन्दै बाइको चाबी रोहनको हातमा थमाई दियो । बाइक नजिक पुगेपछि रोहनले बाइक स्टार्ट गर्यो, रोहनको साथीलाई टेक केयर है भन्दै त्यहाँबाट छुट्टियो । हामी पनि अत्तरिया तर्फ अगाडि बढ्यौं । रोहन हामी कता जान लागेको ? मैले पछाडिबाट सोधेँ । तिमीलाई भगाएर लग्छु म त हो । ह्या नजिस्कन भन न ? यतै गोदावरी । करिब आधा घण्टाको यात्रापछि हामी गोदावरी पुग्यौ । गोदावरी पुलमा एकछिन दुबैले फोटो खिच्यौ । माथि डाँडातिर गयौ । स्वच्छ शान्त र हरियो वातावरणले मनै लोभ्याएको थियो । त्यहाँबाट धनगढी बजार पनि प्रष्ट देखिन्थ्यो । ठूला ठूला घर पनि साना कमिला जस्तै देखिन्थे। मैले प्रकृतिलाई नियाल्दै रोहनलाई भने कति शान्त छ है यता । अँ राम्रो छ । झन् रातिको बेला बत्तीको झिलिमिलीले सहरको सुन्दरतालाई बढाइदिन्छ । जिज्ञासु हुँदै भने तिमी पहिला पनि आएको थियो र यता ? आएको थिए । रिसाएको भावमा भने कोसँग आएको थियौ ? अरुअरुलाई पनि घुमाउन ल्याउँछौ कि क्या हो ? अलि रिसाएको नाटक गरे । उसले रुन्चे भावमा भन्यो होइन यार साथीहरुसँग घुम्न आएको थिए । यसरी पहिलोपटक तिमीसँग आउँदैछु । कुरा गर्दागर्दै घामपानी पर्न थाल्यो । रोहनले मलाई सोध्यो तिमीलाई थाहा छ अस्मी ? ‘के ?’ घाम पानी परेपछि के हुन्छ ? ‘खै थाहा छैन किन के हुन्छ र ?’ घाम पानी परेपछि स्यालको बिहे हुन्छ । भन्दै खित्का छोडेर हाँस्न थाल्यो । ए हो र जाउँ न त तिमी जन्ती, मैले जिस्किँदै भने । पानी अलि बेसी पर्न थाल्यो। हामी दगुरेर ठूलो रूखको छेउमै गयौं । जब उ मेरो नजिक आयो मुटुको धड्कनको तेज बढ्न थाल्यो । उसले मलाई अँगालो हाल्दै भन्यो । अस्मी म तिमीसँग जीवनभर यसरी नै बस्न चाहन्छु । म केही बोलिन । चुपचाप उसकै कुरा सुन्दै थिए । अचानक बादल गर्जियो डरले म उसको अँगालोमा बाँधिन पुगे । उसले पनि मलाई कसिलो गरी समात्यो । म त मेरो मात्रै हो भन्थे उसको मुटुको धड्कन पनि तेज भएको थियो, जुन मैले प्रष्ट महसुस गरिरहेकी थिए । कतिबेला उसका र मेरा ओठ एक-आपसमा ठोकिन पुगे पत्तै भएन ।

सायद दुबैको पहिलोपटक भएको हुनाले होला दुवैलाई चुम्बन गर्न आएन । उसले मलाई जिस्काउँदै भन्यो, के हो ? तिमी त राति फर्कियौ त । मैले रोहनको अनुहार हेर्दै भने, म त राति मात्र फर्किएकी छु । झन् तिमी रातो, कालो, निलो सबै फर्किएका छौं । एकछिन दुवै खुब हाँस्यौँ । फेरि रोहनले आफ्नो दाहिने हात मेरो गर्दनतिर लग्दै मेरो ओठमा चुम्यो पहिलोभन्दा यसपालि अलि सहज भएको थियो र आनन्द पनि, हामी दुवै एकअर्कामा लिन थियौँ । हामी नछुट्टिँदै माथिबाट आएको ट्रकको हर्नले हामी छुट्टियौं । एकछिनपछि हामी पनि धनगढी फर्कियौं । धनगढी फर्कँदा म रोहनलाई पछाडिबाट च्याप्प समातेर बसेकी थिए । कुरा खासै भएन तर मेरो मनमा हजारौं कुरा खेलिरहेका थिए । सोच्थे रोहनसँग जीवनभर यसै यात्रा गरिरहु । राेहनलाई यसरी नै अँगालोमा बाँधिरहुँ । धनगढी पुगेपछि रोहनले मलाई बेलौरी जाने बसमा बसाइदियो । बस अगाडि बढ्यो जतिजति राेहनबाट टाढा हुँदै गए त्यति त्यति मन भारी हुँदै थियो । मलाई घर जान फिटिक्कै मन लागेन । दिनभरि रोहनसँग गरेका कुराकानी सम्झिए । ती बाटा ती गल्ली सम्झिए । अघि समय कति छिटो चल्दै थियो अहिले समय कति सुस्त चलिरहेको छ त्यो महसुस मेरो मनलाई मात्रै थाहा छ । समय सुस्तपन किन नचलोस् त अघि भेटको यात्रा थियो भने अहिले बिछोडको यात्रा । एउटा मान्छेको मायाले जीवनमा कति परिवर्तन ल्याइदिन्छ है ? यो अहिलेको परिस्थितिलाई हेरेर आफ्नै अन्तर मनसँग बात गर्दै थिए । उही बाटो उही गल्ली सायद गाडीको गति पनि उही तर मन मन पनि उही थियो तर मनभित्रको मन अहिले फरक थियो । कति प्रिय र सुन्दर लाग्छन् है ती हिँड्दा हिँड्दै दिक्क लागेका उराठ गल्ली र बाटाहरू जब साथमा आफ्नो प्रिय मान्छेसँग सहयात्रा हुन्छ ।

त्यसपछिका अधिकांश रात हाम्रा फोनमै बित्थे। “आजकाल मलाई नेपालको खुब माया लाग्छ नि”, रोमनले जिस्केको शैलीमा भन्यो । किन ? त्यसै ! पछि पो चाल पाए मैले आइ लभ नेपाल लेखेको टिसर्ट लगाएकी थिए । मैले लजाउँदै भने चुप पागल । हो म त पागल भइसके तिम्रो मायामा भन कहिले लग्छाै मलाई तिम्रो मायाको अस्पतालमा । तिमीलाई यस्तो कुरा मात्र गर्न आउँछ है ? अब अरु कुरा गर्न तिमी नजिक हुनुपर्यो नि । उसका उटपट्याङ जवाफ सुनेर म पनि मक्ख पर्थे त घरी रिसाउथे । रिसाएता पनि मन चङ्गा हुन्थ्यो हाम्रो सम्बन्ध राम्रै चल्दै थियो । ४० दिन भएको थियो उसँग कुरा नभएको एक साँझ उसलको फोन आयो।
उताबाट, अस्मी
बोल्न मन लागेन, खुट्टाको पैतालाबाट रिस उठेर आयो…… अस्मी सरी तिमीलाई खबर नगरिकन पहाड आउनुपर्यो त्यसमाथि हेर न मोबाइल बिग्रिएर न त अनलाइन आउन पाइयो न त कल गर्न नै। मैले रिसाएको भावमा भने अरु पनि केही बाँकी छ बनाउनु पर्ने बहाना भने भन । उसले खिन्न भएको भावमा भन्यो अरे यार भएको यति हो अब पत्याउने नपत्याउने तिम्रो हातमा छ। फेरि म केही बोलिन। ऊ रिसाउँदै नबोल्ने भए फोन राख्दा हुन्छ। मैले नत फोन नै राखे नत कुनै जवाफ दिए। ऊ एकोहोरो माफी मागिरहेको थियो। भनिरहेको थियो सरी यार अब कहिले पनि यस्तो गर्दैन। जति रिस उठेपनि उसको घुर्काइले मेरो मन पग्लिहाल्यो। आखिर माया गरेको मान्छे न हो ।

मैले भने, तिमीले कुरा गर्न छोडेपछि म पागल जस्ती भएकी थिए। एक्ली भएकी थिए। सुन्दरता विहीन फुल जस्ती त्यो फूल हुनुको निकै अर्थ जब त्यसलाई कसैले शिरमा मायालु भावले सिउरिदैन। दिनभरि म एक्लै टोलाएर बस्थे। मेरो यो अवस्था देखेर दिदीले हाम्रो बारेमा थाहा पाउनुभयो। त्यो दिन मैले निकै गाली खाए । त्यतिबेला आत्महत्या गर्न मन नलागेको होइन न त तिमी थियौ न त दिदीको साथ । दुब्लाएर मेरो शरीरको मासुले समेत साथ छोडेको थियो। सायद दिदीलाई मेरो यो अवस्था देखेर दया लागेर होला मलाई सम्झाउनुभयो प्काउनुभयो । र भन्नुभयो तिम्रो केही समस्या परेको होला चिन्ता नगर चिन्ता नगर भन्नुभयो जब दिदीको नजिक भए त्यसपछि अलि सास आएजस्तो भयो। तर तिम्रो नियासो लाग्न कहिल्यै छोडेन । यो सबभन्दा मेरा आँखा रसाइसकेका थिए उसले मलिन आवाजमा सरी अश्मी आइन्दा म बाट यस्तो गल्ती कहिले हुँदैन । बरु यता सुनन । हजुर, तिमी यता आउँछौ त ? कता ? मैले प्रतिप्रश्न गरे । दिपायल उसले एक शब्दमा जवाफ दियो । म उम, एक्लै कहाँ आउनु फेरि घरमा के भन्नु ? यदि मिल्छ भने आउ न । यता मैले आफ्नो घरमा पनि हाम्रो सम्बन्धको बारेमा भनेको छु। मम्मी पनि तिमीलाई भेट्ने भन्नुहुँदै थियो। तिम्रो फोटो पनि देखाएको थिए राम्री छ भन्दै हुनुहुन्थ्यो । हुन्छ अस्मिता अहिले मलाई बजार जान्ने काम छ। मिल्छ भने भोलि नै आउ है। मैले, हुन्छ भन्दै राति फोन गर्छु भन्दै छुट्टियौं।


दिदी, आज रोहनसँग कुरा भयो।
दिदी मतिर हेर्दै, ए आजसम्म कता हराएको थियो त ?
आमा बिरामी हुनुभएको थियो रे । त्यसैले पहाड गएको रहेछ। आजसम्म दिदीसँग झुट नबोलेकि खै कसरी पो बोल्न पुगेछु । अनि यो झुट पनि कसरी दिमागमा आयो ? यसको जवाफ पनि मसँग छैन।
दिदीले ए मात्र भनिन्।
मसिनो स्वरमा टाउको निहुराएर दिदी भेट्न बोलाउँदैछन् । के रे, कता? धनगढी आएको होर । दिदीले ठूलो स्वरमा सोधिन् । म सोही अवस्थामा थिए नाई पहाड, पहाड त पागल त भइनस् तेरो दिमाग सही ठाउँमा त छनि ? Please दिदी मेरा आँखा रसाइसकेका थिए दिदीले मुख हेर्दै भन्नुभयो, यस्तो नगर्न अस्मी त केटा भेट्न पहाड गएको थाहा भएपछि मान्छेहरूले के भन्लान् यो समाजले के भन्ला ? ल यो सबको कुरा छोड हाम्रा बाआमाले थाहा पाएपछि उनीहरूको मन कस्तो होला ? हाम्रा लागि दिनरात नभनिकन प्रदेशमा काम गरिरहेका छन्। उनीहरूका बारेमा त सोच म के नबोली आफ्नो कोठातिर गए दिदीले केही सोच्नुभयो कुन्नी एकछिन पछि मेरो कोठामा आएर भन्नुभयो ल ठिक छ मलाई रोहनसँग कुरा गराउनु । अनि जानु तर त्यहाँ पुगेको एक दिनपछि फर्कनुपर्छ। हुन्छ दिदी मेरो मन फुरुङ्ग भयो कति छिटो त्यहाँ पुग्गु भयो र रोहनलाई फोन लगाए फोन रिसिभ भएन तीन चार चोटी लगाउँदा पनि लागेन साँझ आफैले फोन गर्यो । अँ भन त अस्मी, सोध्यो घरमा । सोधे, के भन्नुभयो ?हुन्छ भन्नुभयो तर तर के तिमीले दिदीसँग कुरा गर्नु पर्छ । हुन्छ देउ न । दिदी रोहन र रोहनको आमासँग करिब १० मिनेट जति बोल्नुभयो । मैले सिर्फ एकोहोरो दिदीको कुरा मात्र सुनिरहेकी थिए। जस्तै कि
यसको बुबा भनेपनि आमा भनेपनि मै हुँ । यिनीहरू अहिले सानै छन् ।
आफ्नो खुट्टामा उभिएपछि बिहे गरिदिउँला
अहिले एकअर्कालाई बुझ्छन् ।
हजुर हस्।
हजुरहरूको भरोसाले पठाउँदैछु ध्यान राख्नुहोला
यस्तै यस्तै अरु


बिहान ८ बजेको हाइस थियो, धनगढीबाट दिपायलको त्यसैले बिहानै नुहाई धुवाई गरिसकेर तयार भए । दिदीले भन्नुभयो बाबाआमालाई साथीको घर गएको छ भनिदिम्ला त आफ्नो ख्याल राख्नु दायाँबायाँ केही नगर्नु आफ्नो र घरको इज्जतको ख्याल राख्नु भन्दै आँखा रसाइन । मैले हुन्छ भन्दै दिदीसँग बिदा लिए। मेरो पहिलो लामो यात्रा त्यही पनि एक्लै कसरी जाने होला भनेर मन आतियो, त्यही पनि रोहनलाई भेट्ने हुनाले मन उत्साहित थियो माया त चिजै यस्तो रहेछ कहिले नआएको आँट आउने मन नपरेको कुरा मन पर्न थाल्दो रहेछ। नपरे पनि बानी पार्नु पर्दो रहेछ । जसरी गाडी अगाडि बढ्यो त्यसरी मेरो मन पनि हर्षित र उत्साहित भयो। गाडी गोदावरी पुग्दा मलाई रोहनसँग बिताएका पलहरूको याद आयो । एक्लै मनमनै खुब हाँसे । गोदावरी कटेपछि मौसम पनि कति सुन्दर । बेलाबेला कल्पिरहन्थे यो बाटोमा रोहनको बाइक पछाडि बसेर यात्रा गर्न पाउँदा कति सुन्दर हुन्थ्यो होला भनेर । मन चङ्गा भएतापनि शरीरले साथ छोड्दै थियो । गाडीको धक्काले चक्कर आउला जस्तो भयो टाउको दुख्यो । नभन्दै उल्टी आयो । त्यसपछि त के थियो हरेक १० मिनेटमा उल्टी आउन थाल्यो । पेट निकै दुख्यो। कतिबेला निदाएछु थाहै भएन । करिब ३ बजेतिर दिपायल पुगे। जब खलासी भाइले मलाई उठाउँदै दिदी दिपाइल आइपुग्यो भन्दै झकझक्यायो। तब मात्र अड्कल काट्न सकेकी यो दीपाइल हो भनेर। हुन त दिपायलमा पनि गर्मी नै हुँदो रहेछ। गाडीबाट उत्रिए रहनलाई फोन लगाए । रहने फोन एकै घण्टीमा रिसिभ गरेर भन्यो अ म दुई मिनेटमा पुगे है । रोहन आफ्नी बहिनीसँग आएको रहेछ। बहिनीलाई देखाउँदै, ऊ चाहिँ मेरी बहिनी । दुबैले एक अर्कालाई नमस्ते गर्यो। जब सम्म तिमी यता हुन्छौं उ तिम्रो साथी ! मैले हस् मात्र भने । रोहनले अटो बोलाउदै, सायद घर को ठेगाना भनेको हुनुपर्छ । हामी तीन वटै अटोमा बस्यौं । घर पुग्दा सम्म सामान्य कुराकानी मात्र भयो । उस्कि बहिनी दस मा पढ्दि रहिछीन् । करिब दस मिनेट पछी हामी अटो बाट उत्रीयौ र पाँच मिनेट उकालो हिडेपछि घर आउपुग्यो । घर निकै सुन्दर डिजाइनको थियो । बगैंचाले घरलाई झन आकर्षक बनाएको थियो । मेरो अझै पनि एक मन खुसी थियो भने अर्को मन डराएको । रोहनले कुर्सी दिदै लौ बस् , आमा आहिले स्कुल जानू भा छ एक छिनमा आउनु हुन्छ । त्यति बेला सम्म आराम गरन । नास्ताका लागि सोध्दा नाइ भनिदिए । मन त मलाई नुहाएर सुत्ने थियो तर रोहन लाई भन्न अलि असह्ज महसुस गरे । सायद मेरो अबस्था बहिनीले बुजेको हुनुपर्छ । केही समय पछी आफै तौलिया र आफ्नो लुगा लिएर बाहिर आइन र म लाई नुहाउन भनिन । नुहाएर बसेकी के थिए चिया लिएर फेरि बहिनी आइन । चियाको एक चुस्की लिए पछी सास आएजस्तो भयो । करिब आधा घन्टा पछी रोहनको आमा आउनु भयो । रोहनले पहिले नै फोटोमा देखाएकाले मलाई चिन्न गारो भएन । आमा नजिक आएपछि, आफ्नो ठाँउ बाट उठेर । नमस्ते आमा, उनी मलाई, नियाल्दै नमस्ते नमस्ते आराम छाै, हजुर आमा भन्दै टाउको हल्लाए । यता आउँदा केही गारो त भएन नि ? नाइ तस्तो के ही भएन । ए ल ठिक छ, आउ हिडन भित्र बस्न । हामी दुबै भित्र गयौ । सामान्य कुराकानी र नास्ता गर्यौ । बहिनी भान्सामा गएर खाना बनाउदै रैछिन । मैले पनि सहयोग गरिदिए। खाना पकाइसके पछी रोहनलाई घुम्न जाम्न भने । रोहन हुन्छ भन्दै भित्र पस्यो । आमा, अस्मि र म घुम्न जाँदै छम्म है । म कुरा प्रष्ट सुन्दै थिए, आमाले भनु भयो अहिले न जा । बाहिर कसेले देखे पछी, को हो ? भने र सोधे को भन्लास । नानी लाई पनि अफ्ट्यारो हुन्छ । समाजले कुरा काट्न कुनै न्यु नै छोड्डैन्न । म लाई पनि आमाको कुरा ठिकै लाग्यो, र कतै न जाने मनसाय बनाए । साझ्को खाना खाइ सकेर मात्र हामी बाहिर निस्कियौ । घर बाट सेती पुल पुग्न हिडेर बीस मिनेट जति लाग्दो रहेछ । गर्मी मौसम भएता पनि नदि नजिक पुग्दा चिसो हुदो रहेछ । अँध्यारो भए पनि पुलको बिचमा रोकिएर नदि लाई नियाले । नदिबाट आएको पानीको आवाज नियाले ।नदिको यति बेग्ले बगिरहेको थियोकी कोहि ख्स्यो भने सायदै भेटिन्छ । मेरो मनमा अनेक सकारात्मक नकारात्मक ख्याल आए । म नदि लाई टोलाएर एकोहोरो हेरिरहेकि थिए । के हेरे को अस्मि ? रोहनको प्रस्नले मेरो ध्यान भड्कियो। र भने केहि होइन। जिग्यासु भाबमा फेरि सोधे, यो नदिको नाम सेती कीन राखेको ? रोहन नदि तिर हेर्दै ।मलाई येस्को पौराणिक काल खण्ड त थाहा छैन तर हेरन आफै, यति राती पनि प्रष्ट देखिदै छ । उ माथी हेरन दुई वोटा डाँडा छन् नि एउटा भैरब कोट हो अनि अर्खो दुदेस्रोरी मन्धिर । पहिला त्यो कोटमा राजा बस्थे रे । ए हो र ? भोलि त्या जाम्मन है । रोहनले हुन्छ मात्र भन्यो । र पुल नजिकैको चौतारामा आधा घन्टा जति बस्यौ र घर फर्कियौ । घर पुग्दा आमा स्कुलको कपि चेक गर्दै हुनुहुन्थ्यो । हामी आएको थाहा पाए पछी आफ्नो काम लाई रोक्दै ल अब सुत भन्दै रोहन लाई उस्को कोठामा पठाउनु भयो । आमा बहिनी र म एक कोठामा गयौ । अबेर सम्म आमाले मलाई धेरै कुरा सोध्नुभयो जस्तै, पहाड घर कता हो ? तराई बसेको कति भयो ? बाबा आमा के गर्नु हुन्छ ? भाइ बहिनी कति छन ? येस्तै येस्तै आनेक मैले पनि नढाटिकन सब कुरा सहि सहि भनिदिए । दिदिले पनि सम्झाउनु भएको थियो झुट नबोल्नु भनेर । रोहनको आमाले पनि धेरै कुरा भन्नु भयो जस्तै, हामी अरु जस्तो धनी छैनौ, रोहन को बाबा हेल्थ पोस्टमा काम गर्नु हुन्छ, उहाँ स्कुलमा पढाउनु होदो रहेछ । रोहन घर्को एक्लो छोरो उस्लाइ बिदेश पठाउने र रोहनकि बहिनी लाई पनि पढाउने सोच रहेछ । कुरा गर्दागर्दै मध्यरात भैसकेको थियो । कुरा गर्दागर्दै निदाएको पतै भएन । दिपायलमा दोस्रो दिन पनि घरमै बसेर बित्यो । साझ फेरि रोहनको आमा सङ्ग उहीँ कुरा । र अर्को दिन म धनगढी फर्किने भए । बिहानै नुहाएर रेडि भए आमाले टीका लगाइदिनु भयो र रोहनले मलाई बस पार्क पुगाउने भयो। बस पार्क पुगे पछी फेरि मेरो मन खिन्न भयो । म लाई दिपायल छोड्न मन लागेन । दिपायल भन्दा बढी रोहनलाई छोड्न मन लागेन । रोहन दुई महिना पछी मात्र धनगढी आउने रे । मन भारी बनाउदै गाडीमा बसे । गाडी दिपायल छोडेर धनगढी तिर गुड्यो मेरो मन भने अझै दिपायल मै थियो । करिब चार बजे धनगढी पुग्ये । धनगढी पुग्ने बितिक्कै बेलौरो को गाडी भेटाए र घर तिर लागे । छ बजे तिर म घर पुगे । घर पुग्दा दिदी फुल गोड्दै हुनुहुन्थ्यो । मलाई देख्ने बितिकै दिदी मेरो नजिक आउनु भयो र मलाइ अङ्गालोमा बाध्नु भयो । न रसाएका अँखा रसाउन थाले । दिदीकाे औधीमाया लागेर आयो । सुत्ने बेला दिदी लाई सब बेलि बिस्तार लागाए ।
तस्पछीका केही महिना सामान्य बिते, कहिले रोहन सङ्ग त कहिले रिहनको आमा सङ्ग कुरा हुन्थे । बार्ह को जाँच सकेर रोहन काठमाडौं जाने भयो बिदेशको तयारी गर्न । एक दिन आफैले भनेको थियो म अन आउन पाउदैन, सायद कुरा कम हुन्छ होला हाम्रो । मैले पनि हुन्छ भने ।तर उस्ले मलाइ बल्क गरेको रहेछ । म लाई मेरो मन बुझाउन नि कै गारो भयो । र सोचे पनि ठिकै छ पढ्नु होला दुई-चार दिन न बोले के भो त भबिस्य राम्रो हुन्छ भने र आफ्नो मन लाई समाले । तस्पछी हाम्रो कुरा सिदै चार महिना पछी भयो । आफैले फोन गर्यो र रिसिभ गर्ने बितिकै सब बेलिबिस्तार लागायो । कुरा भएको दुई महिना पछी फेरि म रोहनको अन्फ्र्न्ड लिस्टमा पुगे । यस पाली न कुनै झगडा न कुनै विवाद न त कुनै कार्नले मलाई ब्लक गर्यो । रोहनले ब्लक गरेको तीन दिन पछी रोहनकी आमाको फोन आयो । फोन रिसिभ गर्न कति पनि मनलागेन । घरी घरी फोन गरे पछी रीसिभ गरे । नमस्ते आमा , नमस्ते सन्चै छाै, हजुर अनि तपाई ! म नि ठिक छु । सुनन तिमी लाई एउटा कुरा भनु थीयो । मैले मन मनै सोछे आमाले मलाई ब्लक गरेको कुरा थाहा पाउनु भयो र सम्झाउन फोन गर्नु भएको हो तर । के कुरा भनुन ? नानी सुन्न तिम्रो र रोहनको बिहे गरि दिउ भनेको हेरन तिमी दुबैको चिना, ग्रह नै मीलेन । पन्डिले भनेको यदि बीहे भयो भने अनिस्ट हुन्छ । केटा केटीको जीवन सुखद हुदैन रे । अब के गर्ने नानी हाम्रो मन त छ नि तिमी हरुको बिहे गरि दिन तर चिना मिल्दैन । ठिकै छ नानि बीहे भएन त के भो ? हाम्रो सम्बन्ध राम्रो होस। बोल्दै गर्नु अहिले मेरो काम छ । पछी फोन गर्छु है । भन्दै फोन काटिन । म एक सब्द बोलिन । बोलेत सिरिफ मेरा अँखा । तातो आँसु मेरो गाला लाई स्पर्श गर्दै बग्दै थिए । आँसु पुच्छन समेत जागर आएन । म उभिएको जमिन भासिएको जस्तो, म माथी बज्र परेजस्तो भयो । एकाइसौ सताब्तिमा पनि कुन चिना,ग्रह हात हेराउने कुरा गर्दै थिए यो कुरा मलाइ समजमा आएको थिएन । म सोच्दा सोच्दै कति बेला चकर आएर ढलेछु थाहै पाएन । दिदिले म लाई कोठामा ल्याएर पानी खुवाउनु भयो र सबै कुरा सोध्नुभयो । मैले सबै कुरा बताए । दिदिले भन्नु भयो ल ठिकछ पछी म रोहनको आमासँग कुरा गर्छु । त अहिले रेस्ट गर । तर मेरो मन बसमा थिएन । म आतिएकी थिए । म डराएकी थिए । यदि दिदी मेरो साथमा नहुदी हुन त म आत्माहत्या गर्न समेत प्रयास गरेकी थिए । मेरो यो अबस्था देखेर म लाई यता बङ्लोर बाबा आमाका पाठाइ दिनु भयो । यस बिचमा रोहन सङग कहिलेकाही कुरा हुन्थ्यो, भन्थ्यो घर्काले बिहे नगरी दिए के भो त म तिमी लाई भगाएर पनि लग्छु । तर फेरि उस्को ब्लक गर्ने बानी कहिलै गएन एक महिना राम्रो सङग बोल्छ तीन महिना ब्लक गर्छ त्यसैले म आफै लाई प्रसन्न गर्ने गर्छु । म प्रेममा होइन अन्योलमा परेकी छु। म प्रममा होइन पागल पनमा परेकी छु । म कताकता आन्यायमा पनि परेकी छु ।
यो सब भन्दा मेरा अँखा रसाइ सकेका थिए । सिम्रन र पुजा पनि निरास देखिन्थे । सिम्रनले मलिन हुँदै भनी हेर, जिन्दगी तेरो हो, सहि गलत छुट्टयाउन सक्छस । जे गरे पनि सोच बिचार गरेर आगाढी बडेस । हाम्ले भनु के नै छ र । हामी तिन्टै एक छिन मौननै बस्यौ । मैले कुराको बिट मार्दै भने । ल जाउ यार धेरै ढिलो भैसक्यो अब घर तिर हिड्नु पर्छ भन्दै दुबैले म लाई घर पुगाएर आफ्नो घर तिर लागे । म घर पुग्दा साझ परि सकेको थियो म लाई खाना खन मन थिएन र आमालाइ भने, आमा मलाई आज खान मन छैन, है हजुर खानु म सुत्न गए ।


सुत्न भनी कोठामा गए, मध्यरात हुदा पनि रोहनको न त कल आयो न त मेसेज नै । मन खिन्न भयो । फेरि अर्को मनले सोचे, मैले त्यो परिस्थिमा पनि हासेर जिवन कटाएकी छु, जुन परिस्थिमा मान्छेहरू आत्माहयाकाे बाटो रोज्छन ! कवि आनुपम पोख्रेलले खाली त भनेका होइन, लिएका,मागेका पाएका कुरा फिर्ता गर्नु पर्छ रे मैले लिएका केहि चुम्बन, तिम्ले दिएका केहि रात तिर्न चाहान्छु ब्याज सहित असुल गर्न आउ । बरु होस छुट्टि सकेको अम्म्लको याद आएजस्तो, बरु होस मध्य रात चुरोटको तल तल जस्तो, मेरो नाम लिदा तिम्रो मुख तितो नहोस, भन्नको लागि हामी छुट्टिन जरुरी छ, केहि कुरा अधुरै मेठा हुन्छ । अब उस्को कल आएपछि मैले पनि आफ्नो कुरा पुरागर्नु पर्छ भन्दा भन्दै निदाए छु ।

लेखक : शुसिल बिस्ट

अघिल्लो लेख स्टार्टअप मार्फत देशभरका विद्यार्थीलाई स्वरोजगारसँग जोड्दै स्ववियु केएमसी
अर्को लेख कैलालीमा चरेससहित २ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

भ्रामक सूचना फैलाउने, ‘डीपफेक’ भिडियो ‘अपलोड’ गर्नेलाई ३ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना

२०८१ माघ १५, मंगलवार १४:४४ गते
राजनीतिसमाचार

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

२०८२ जेष्ठ १८, आईतवार १५:३८ गते
स्वास्थ्य-शिक्षा

पाँच जिल्लाका २७ जनामा हैजा पुष्टि

२०८१ श्रावण २१, सोमबार ०६:५५ गते
समाचार

नेपाल महिला संघ गोदावरीद्वारा पदमा अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण

२०८१ मंसिर २७, बिहीबार १०:५१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?