बगरमा अझै पानी कहाँ छ ?
नदी झैं सुखद जिन्दगानी कहाँ छ ?
मन दुख्छ आँसु खस्छ भविष्य सम्झेर
बचपन झै नभिजेको सिरानी कहाँ छ ?
तिमी हाँस्यौ अरुको दुःख पिडामा
मेरो त्यतिसम्म नराम्रो बानी कहाँ छ ?
दिन अध्यारै रात अध्यारै छ मेरो
तिम्रो जस्तो उज्यालो बिहानी कहाँ छ ?
समयसँगै अनुहार खुम्चिदै गएको छ
आज जस्तै भोली जवानी कहाँ छ ?
सर्जक : भुवन ओझा





