बैतडी – बैतडीमा कपडा सुकाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको पाटन नगरपालिका–६ डुङग्राकी ५७ वर्षीया जानकी लुहारको सोमवार मृत्यु भएको हो।
आफ्नै घर नजिक बिद्युतको पोलबाट मिटर बक्समा ल्याएको तार खुल्ला भई करेन्ट प्रभाव भएको ग्याबिङ जालीमा कपडा सुकाउने क्रममा करेन्ट लागेर जानकी गम्भिर घाइते भएकी थिइन्।
उनको उपचारको लागि स्थानिय मेडिकल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।
साथै उनलाई लागेको करेन्ट छुटाउने क्रममा सोही ठाउँ बस्ने ४ जना घाईते भएका छन्।
उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




