यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सहमति नपाउँदा बनेन पञ्चेश्वरस्थित महाकाली नदीमा पुल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सहमति नपाउँदा बनेन पञ्चेश्वरस्थित महाकाली नदीमा पुल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

सहमति नपाउँदा बनेन पञ्चेश्वरस्थित महाकाली नदीमा पुल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १७, सोमबार १४:५८ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

बैतडी । महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गर्न भारत सरकारको सहमतिका लागि स्थानीयवासी ११ पटक परराष्ट्र मन्त्रालय पुगेका छन् तर पनि सहमति प्राप्त हुन सकेको छैन ।

आठ वर्षअघि नै झोलुङ्गे पुलको विस्तृत अध्ययन प्रतिवेदन तयार भए पनि भारतको सहमतिका लागि पहल नहुँदा पञ्चेश्वरस्थित महाकाली नदीमा पुल बन्न नसकेको हो ।

पञ्चेश्वर गाउँपालिका–१, रोलघाटस्थित महाकाली नदीमा पुल नहुँदा नेपाल–भारत दुई देशका नागरिक जोखिम मोलेर डुङ्गा तर्दै आइरहेका छन् ।

नदीमा डुङ्गा पल्टिँदा दर्जनौँले ज्यान गुमाइसकेका छन् । गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले हरेक निर्वाचनका बेला महाकाली नदीमाथि झोलुङ्गे पुल बनाउँछौँ भन्ने वाचा गरेर चुनाव जिते पनि मतदाताको माग पूरा गर्न नसकिएको बताए ।

करिब डेढ करोड रुपियाँ लागतमा बन्ने भनिएको पुलको लम्बाइ १५५ मिटर लामो हुने छ । भारतको सहमति प्राप्त हुन सके गाउँपालिकाकै लगानीमा पुल बनाउन सकिने पालिका अध्यक्ष चन्दले बताए ।

पुलका लागि वाम गठबन्धनको सरकारका पालामा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्थलगत निरीक्षण गरेर भारतको सहमतिका लागि पहल गर्ने आश्वासन दिएका थिए ।

त्यसयता पुल निर्माणको सहमतिका लागि स्थानीयवासी ११ पटक सङ्घीय मामिला र परराष्ट्र मन्त्रालय पुगिसकेका छन् । पुल निर्माणको सहमतिका लागि कुनै पहल नभएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्दले गुनासो गरेका छन् ।

पुलको दायाँ भाग भारततर्फ र बायाँ नेपालतर्फ बन्ने भएकाले भारतको सहमति आवश्यक परेको छ । स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनमा सबैले पुल बनाउने वाचा गरेर पञ्चेश्वरवासीसँग मत मागिसकेका छन् । अब झोलुङ्गे पुल बनेन भने अर्को पटक कसैले पनि भोट माग्न सक्ने अवस्था नभएको स्थानीय जनप्रतिनिधि बताउँछन् ।

महाकाली नदीमा पुल नहुँदा स्थानीयवासी डुङ्गा र ट्युबका माध्यमबाट जोखिम मोलेर नदी तर्दै आइरहेका छन् । नेपाल–भारत वारिपारि रोटीबेटीको सम्बन्ध छ ।

योबाहेक देवीदेवताको पूजापाठ पनि संयुक्त रूपमा हुने गरेको छ । पञ्चेश्वरमा रहेको प्रसिद्ध देउताल र गणमेश्वर मन्दिरको दर्शनका लागि भारतबाट हजारौँ तीर्थयात्री डुङ्गा चढेर नेपाल आउने गर्छन् । गोरखापत्रबाट

अघिल्लो लेख ‘गिद्धका संख्यामा कमी आउँदा हैजाका बिरामी बढे’
अर्को लेख कञ्चनपुरबाट एकै दिनमा ५९ लाख बढीको भन्सार छलीका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

प्रदेशबैतडीसुदूरपश्चिम प्रदेश

बाढीबाट विस्थापित बैतडीका ७० परिवार घर फर्किए

२०८१ असार २७, बिहीबार १९:३० गते
बैतडी

बैतडीमा पानीको ट्याङ्कीभित्र बाँदरको अस्थिपञ्चर

२०८२ बैशाख १२, शुक्रबार १३:५० गते
बैतडी

ब्लड क्यान्सरबाट पीडित महेश बहादुर चन्दलाई सहयोगको अपील

२०८२ बैशाख २४, बुधबार १६:५८ गते
बैतडी

बैतडीमा जिप दुर्घटना

२०८२ जेष्ठ २७, मंगलवार १२:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?