काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएकी छन् ।
गौरा पर्व मनाउन बुधबार धनगढी पुगेकी परराष्ट्रमन्त्री डा. राणाले आफू सो क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउँदै सो क्षेत्रको विकासबारे हालै भारत भ्रमणका क्रममा भारत सरकारसँग पनि कुरा उठाएको बताएकी हुन् ।
धनगढी उपमहानगरपालिका वडा नं. ४ मा निर्मित आधारभूत स्वास्थ्य केन्द्र एवं वडा कार्यालय भवनको उद्घाटन गर्दै उनले सो धारणा राखेकी हुन् ।
आफ्नो हालै सम्पन्न भारत भ्रमणका क्रममा यहाँको गौरीफन्टा नाकालाई पूर्ण क्षमताका साथ सञ्चालन गर्नेगरी स्तरोन्नति गर्ने विषयमा आफूले कुरा राखेको जानकारी पनि उनले दिइन् ।
त्यसैगरी भारत भ्रममणकै क्रममा धनगढीको फाप्लामा निर्माण हुने बहुउद्देश्यीय खेलमैदानका विषयमा पनि आफूले कुरा उठाएको उनले बताइन् ।





