धनगढी : कैलालीबाट चालक नभएको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका–१ चौमाला खोलामा अवैध रुपमा बालुवा उत्खनन गरि बालुवा ट्रलीमा लोड गरेको अवस्थामा सुदूूरपश्चिम प्रदेश ०१००२ त ६२२७ नम्बरको ट्याक्टर प्रहरीले बिहीवार नियन्त्रणमा लिएको हो।
ट्याक्टरको ट्रलीमा बालुवा लोड गरिएको र ट्याक्टर चालक नभएको अवस्थामा फेला पारी इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरी टोलीले नियन्त्रणमा लिएको उक्त ट्याक्टरलाई गौरीगंगा नगरपालिकाको कार्यालयमा बुझाइएपछि नगरपालिकाको कार्यालयबाट पच्चीस हजार जरिवाना गरी छोडिएको समेत जनाएको छ।





