यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शुक्लाफाँटामा मात्रै पाइने सङ्कटापन्न तोपचराको गणना
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शुक्लाफाँटामा मात्रै पाइने सङ्कटापन्न तोपचराको गणना
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरराष्ट्रियसुदूरपश्चिम प्रदेश

शुक्लाफाँटामा मात्रै पाइने सङ्कटापन्न तोपचराको गणना

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २६, बुधबार ११:५८ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै पाइने सुनौलो तोपचरा (फिन्स विभर) को गणना सुरु गरिएको छ ।

सङ्कटापन्न सूचीमा रहेको सो प्रजातिको चराको सङ्ख्या, अवस्था पत्ता लगाउने उद्देश्यका साथ गणना सुरु गरिएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको समन्वयमा नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) ले गणना गर्न लागेको हो । बिसिएनले हरेक वर्ष यो निकुञ्जमा सुनौलो तोपचराको गणना गर्दै आएको छ । यस निकुञ्जको शुक्लाफाँटा घाँसे मैदान, लालपानी, मोहनपुर, सिंहपुर, फाँटालगायत घाँसे मैदानमा सुनौलो तोपचरा पाइने गरेको छ ।

यसको सङ्ख्या अद्यावधिक गर्न गणना गरिने चराविद् हिरूलाल डङ्गौराले बताए । उनले नेपालको शुक्लाफाँटामा मात्रै पाइने सुनौलो तोपचराको सङ्ख्या कम हुँदै गएको जनाए । गत वर्ष शुक्लाफाँटामा २११ वटा सुनौलो तोपचरा फेला परेका थिए । यसै गरी १२९ वटा सव्रिmय र ८९ निष्व्रिmय गुँड भेटिएको थियो । योभन्दा अघिल्लो वर्ष २४४ वटा सुनौलो तोपचरा अभिलेख गरिएको थियो । यस्तै १३९ वटा सव्रिmय गुँड देखिएको थियो ।

बासस्थानमा आएको परिवर्तनका कारण उक्त प्रजातिका चराको सङ्ख्या घट्ने अवस्थामा रहेको बताइन्छ । प्रजननको समयमा काग र चिबे प्रजातिका चराले सुनौलो तोपचराको अन्डा र बच्चा खाइदिने गरेको बताइन्छ ।

वैशाखदेखि जेठसम्म सुनौलो तोपचराले प्रजनन गर्ने गर्छ । शुक्लाफाँटामा सन् १९९६ मा चरा विशेषज्ञ डा. हेमसागर बरालले सुनौलो तोपचरा फेला पारेका थिए । नेपालमा छातीकाले, धर्के, सुनौलो र बया गरी चार प्रकारका तोपचरा पाइने गरेका छन् ।

यो निकुञ्जमा सन् २०१४ मा ६०, २०१५ मा दुई सय र २०१६ मा २५० सुनौलो तोप चरा पाइएका थिए । यसै गरी सन् २०१७ मा सबैभन्दा बढी तीन सय, २०१८ मा २५४, २०१९ मा १७६, २०२० मा २५३, २०२१ मा २४८ र सन् २०२२ मा २४४ वटा सुनौलो तोपचरा पाइएको अभिलेख छ । -गोरखापत्रबाट

अघिल्लो लेख गौतम गम्भीर बने भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक
अर्को लेख माया गर्ने तरिका सिकेर मसँग
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा चोरी मुद्दामा दोषीसहित तीन जना पक्राउ

२०८१ कार्तिक १, बिहीबार ०८:३७ गते
राष्ट्रिय

रवि लामिछानेलाई पोखरा ल्याइयो, आइतबार अदालतमा उपस्थित गराइने

२०८१ कार्तिक ३, शनिबार ११:१० गते
कैलाली

कैलालीमा वन मासिने क्रम बर्सेनि बढ्दै

२०८१ श्रावण २०, आईतवार १३:१८ गते
समाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमबाट धेरैपछि राष्ट्रिय युवा परिषद् केन्द्रीय समिति सदस्य

२०८२ पुष २२, मंगलवार १३:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?