यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ जेष्ठ २३, शनिबार १७:४१ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।धनगढी उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रममार्फत पछिल्लो तीन वर्षमा ९१७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई संस्थागत विद्यालयमा अध्ययन गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८१ देखि २०८३ सम्म ९१७ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका हुन्।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१ मा २७६, २०८२ मा २८३ र २०८३ मा ३५८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। अघिल्ला वर्षहरूको तुलनामा चालु वर्षमा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको देखिएको छ।

तीन वर्षको अवधिमा विज्ञान संकायतर्फ सबैभन्दा बढी ४७५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। यस्तै व्यवस्थापन संकायतर्फ ३४३ जना, होटल म्यानेजमेन्टतर्फ ५२ जना, कानूनतर्फ २७ जना, शिक्षातर्फ ९ जना तथा मानविकी संकायतर्फ ३ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन्।

चालु आर्थिक वर्ष २०८३ मा मात्रै विज्ञानतर्फ १७३, व्यवस्थापनतर्फ १३९, होटल म्यानेजमेन्टतर्फ २६, मानविकीतर्फ २, शिक्षातर्फ १ र कानूनतर्फ १ जना गरी कुल ३५८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ।

धनगढी उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूमा उपलब्ध छात्रवृत्ति कोटामा विगतका वर्षहरूमा प्रतिस्पर्धात्मक परीक्षा प्रणालीमार्फत विद्यार्थी छनोट गर्दै आएको थियो भने, यस वर्ष एसइइको नतिजाको आधारमा छात्रवृत्ति प्रदान गरिएको थियो।यस कार्यक्रमले आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

उपमहानगरपालिकाका अनुसार छात्रवृत्ति कार्यक्रमले विद्यार्थीलाई उच्च माध्यमिक तहको अध्ययनमा प्रोत्साहन गर्नुका साथै शैक्षिक अवसरको समानता कायम गर्न सहयोग पुर्‍याइरहेको छ। आगामी वर्षहरूमा पनि कार्यक्रमलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाइने जनाइएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

आजदेखि खुल्दै चुरियामाई सुरुङ

२०८१ पुष ८, सोमबार ११:३६ गते
राष्ट्रिय

आज बेलुकीदेखि मनसुन सक्रिय हुने

२०८१ आश्विन ७, सोमबार १३:०४ गते
बैतडी

काफलको रुखबाट लडेर एक बालिकाको मृत्यु

२०८२ बैशाख २४, बुधबार १९:२६ गते
गृहराजनीतिराष्ट्रिय

प्रधानमन्त्री ओली ६ गते विश्वासको मत लिने

२०८१ श्रावण २, बुधबार १५:४७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?