काठमाण्डौँ :भोजपुरको हतुवागढी गाउँपालिका-९ मचुवाबाट ५०० किलो गाँजासहित १० जना पक्राउ परेका छन्।
आमचोक गाउँपालिका-९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठसँगै साथ अन्य ९ जना पक्राउ परेको प्रहरीले जनाएको हो।
केन्द्रीय प्रहरीका अनुसार उनीहरू बिहीबार पक्राउ परेका हुन्। शङ्कास्पद गतिविधिमा संलग्न उनीहरू एउटा ट्र्याक्टरमा आफ्नो गन्तव्यतर्फ गइरहेका थिए।
प्रहरीले ना ७ त ३५० नम्बरको ट्र्याक्टरमा जाँच गर्दा ४३ वटा बोरामा रहेको यो परिमाणको गाँजा फेला पारेको हो। सबैलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ। ट्र्याक्टर पनि प्रहरी नियन्त्रणमा छ ।





