यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विभिन्न जिल्लाका मतपत्रको नमूना सार्वजनिक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विभिन्न जिल्लाका मतपत्रको नमूना सार्वजनिक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

विभिन्न जिल्लाका मतपत्रको नमूना सार्वजनिक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ माघ १६, शुक्रबार १०:१० गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका मतपत्रको नमूना सार्वजनिक गरेको छ ।

आयोगले सात वटै प्रदेश मातहतका जिल्लाका मतपत्रको नमूना सार्वजनिक गरेको छ । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा धेरै निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ ।

त्यसैगरी उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको आयोगले प्रष्ट पारेको छ । उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रको हकमा भने सानो मतपत्र रहने भएको छ ।

सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाण्डौमा उम्मेदवार पनि बढी भएकाले मतपत्रको आकार ठूलो हुनेछ । आयोगका अनुसार कर्णाली प्रदेशको सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुम पश्चिममा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । दैलेख र सुर्खेतमा दुई वटा निर्वाचन क्षेत्र रहेको छ । ती जिल्लाको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरेको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र रहेको छ । ती सबै निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरेको छ । अन्य जिल्लाका पनि वास्तविक मतपत्र क्रमशः सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ ।

जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम चलिरहेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ सम्पन्न भइसकेको जनाएको छ ।

त्यसैगरी आयोगले विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रको नमूना मतपत्र तयार पारेर निर्वाचन सचेतनाको कार्यक्रम पनि अगाडि बढाएको छ । मतदाता सचेतना कार्यक्रमका लागि तयार पारिएको नमूना मतपत्र विभिन्न मतदान केन्द्र मातहत पुर्‍याउने काम पनि अगाडि बढेको आयोगले जनाएको छ ।

ट्याग गरिएको:#featured
अघिल्लो लेख कोलम्बियामा यात्रुवाहक  विमान दुर्घटना हुँदा १५ जनाको ज्यान गयो
अर्को लेख देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राजनीति

तीनकुने घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्न सरकारसँग राप्रपाको माग

२०८१ चैत्र २१, बिहीबार १६:५४ गते
समाचार

भारतमा धनगढी १५ को द  दरबार  स्कुलको चमक: उसुमा २ स्वर्ण

२०८२ जेष्ठ ११, आईतवार २१:५३ गते
विचार/ब्लगसाहित्य

तमरो मलाई मन भरीको याद छ आमा

२०८२ बैशाख ३०, मंगलवार १३:१६ गते
राष्ट्रिय

‘कहीँ नभएको जात्रा’ हाँडीगाउँमा

२०८१ कार्तिक ३, शनिबार १६:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?