काठमाण्डौं : प्रधानमन्त्री केपी ओलीले श्रमिकको हितका लागि ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ ल्याएको बताएका छन्।
त्यसबेला केहीले व्यङ्ग्य गरेको बताउँदै उनले तीनकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएको दाबी गरेका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको बताएका छन् र त्यसैले देश अघि बढेको बताएका छन्।
श्रम र श्रमिकलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले फेसबुकमा आफूलाई श्रमिकका रूपमा प्रस्तुत गरेका छन्।





