यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुरुवातमा १०२ अंक बढेको सेयर बजार २२ मा खुम्चियो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुरुवातमा १०२ अंक बढेको सेयर बजार २२ मा खुम्चियो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यसमाचार

सुरुवातमा १०२ अंक बढेको सेयर बजार २२ मा खुम्चियो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन २३, बिहीबार १६:१८ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं । सुरुवाती कारोबारमा उचालिएको सेयर बजार अन्तिम समयमा भने खुम्चिएको छ ।

कारोबार सुरु भएको तीन मिनेटमै नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०२ अंक अर्थात् ४ प्रतिशत बढ्यो । त्यतिबेला नेप्से २६७५ अंकमा थियो ।

त्यसपछि सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार नै स्थगित भयो । सर्किट ब्रेकपछि खुलेको बजार भने क्रमशः झर्न थाल्यो । बजार बन्द हुँदा अन्ततः नेप्से जम्मा २२.५९ अंक मात्रै बढ्यो । बन्द हुँदा नेप्से २५८२ अंकमा कायम भएको छ ।

दिनभर कुल ५ अर्ब २७ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो । अघिल्लो दिन ५ अर्ब ७६ करोडको कारोबार भएको थियो । २ सय कम्पनीको मूल्य बढ्दा ४१ को घट्यो भने १० को स्थिर रह्यो ।

व्यापार बाहेक सबै समूहका सूचक बढेका छन् । व्यापार १.४८ प्रतिशत घट्यो । बैंकिङ १.०७, विकास बैंक १.०८, फाइनान्स १.२३, होटल तथा पर्यटन ०.९२, हाइड्रोपावर ०.९५, लगानी १.६१, जीवन बीमा १.३०, उत्पादन तथा प्रशोधन १.०३, माइक्रोफाइनान्स ०.९५, निर्जीवन बीमा ०.९३ र अन्य ०.२३ प्रतिशत बढे ।

विन्ध्यबासिनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.२१ प्रतिशत बढ्यो । एसियन हाइड्रोपावरको ५.५४, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.१५ प्रतिशत मूल्य बढ्यो । थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.०९ प्रतिशत घट्यो । भूगोल इनर्जीको ५.४३, आत्मनिर्भर लघुवित्तको ३.३७ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

सुरुमा किन उचालिएको थियो बजार ?

नेपाल राष्ट्र बैंकले अघिल्लो दिन मात्रै बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै व्यक्तिका हकमा लाग्दै आएको सेयर कर्जाको सीमा हटाएको छ ।

व्यक्तिले सेयर कर्जा लिँदा अधिकतम २५ करोड रुपैयाँसम्म मात्रै पाउनेगरी सीमा तोकिएको थियो । सो सीमा हटाउनुका साथै बैंक तथा वित्तीय संस्थालाई सेयर खरिद र बिक्रीमा पनि सहजीकरण गरिदिएको छ ।

बैंकले सेयर खरिद गरेको एक वर्ष व्यतित भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था रहेकोमा यसलाई हटाइएको छ ।

त्यस्तै सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा ६ महिनाभन्दा बढी अवधिको लागि बैंकले लगानी गर्न पाउने छन् । यसअघि १ वर्षभन्दा बढी अवधिको लागि मात्रै लगानी गर्न पाउने व्यवस्था थियो । राष्ट्र बैंकको यी तीन व्यवस्थाका कारण सुरुमै बजार उचालिएको थियो ।

यो निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा लगानी बढाउने अनुमानले लगानीकर्तामा उत्साह देखिएको थियो । तर पहिलो सर्किट ब्रेकपछि बिक्री चाप बढेसँगै बजारको वृद्धि खुम्चिएको हो ।

अघिल्लो लेख असोज ३० गते दलहरूसँग निर्वाचन आयोगले छलफल गर्ने
अर्को लेख धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राजनीति

उपचुनावअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

२०८१ मंसिर ५, बुधबार ०८:५४ गते
राष्ट्रियसमाचार

काठमाण्डौंको तापक्रम आज ३ डिग्री सेल्सियसमा झर्यो

२०८२ पुष २२, मंगलवार १०:२९ गते
राजनीति

दुई संसदीय समितिको बैठक आज

२०८१ मंसिर १९, बुधबार १०:२३ गते
राष्ट्रियसमाचार

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस

२०८२ मंसिर १९, शुक्रबार ०८:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?