यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २१ बिहीबार
2026, Jun 4, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: देवनागरी लिपि हटाएर इम्बोस्ड नम्बर प्लेट जडानको उर्दीविरुद्ध कैलाली जिल्लामा पनि विद्यार्थी परिषद्ले बुझायो ज्ञापनपत्र
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २१ बिहीबार
2026, Jun 4, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: देवनागरी लिपि हटाएर इम्बोस्ड नम्बर प्लेट जडानको उर्दीविरुद्ध कैलाली जिल्लामा पनि विद्यार्थी परिषद्ले बुझायो ज्ञापनपत्र
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

देवनागरी लिपि हटाएर इम्बोस्ड नम्बर प्लेट जडानको उर्दीविरुद्ध कैलाली जिल्लामा पनि विद्यार्थी परिषद्ले बुझायो ज्ञापनपत्र

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र ९, सोमबार १३:५५ गते
SudarshanTelevision
5 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :देवनागरी लिपि हटाइ इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडानको नेपाल सरकारको उर्दीविरुद्ध प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सक्रिय भएको छ ।

परिषद् देशभरका जिल्ला प्रशासन कार्यालयका प्रमुख मार्फत् ज्ञापनपत्र बुझाउने अभियान अन्तर्गत कैलाली जिल्ला प्रशासन कार्यालयमा प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय सचिव प्रेम बोहोराको नेतृत्वको टोलीले जिल्ला प्रमुख कृष्णप्रसाद लम्साललाई ज्ञापनपत्र बुझाएको छ ।

आइतबार देशका अधिकांश जिल्लामा ज्ञापनपत्र बुझाइसकेको विद्यार्थी परिषद्ले सोमबार पनि थप जिल्लामा ज्ञापनपत्र बुझाउने अभियान जारी राखेको राष्ट्रिय सचिव बोहराले जानकारी दिए। ज्ञापनपत्र बुझाउन प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय सचिव प्रेम बोहोरा, राष्ट्रिय सह(संगठन सचिव छितराज न्यौपाने , राष्ट्रिय सदस्य, प्रदेश पदाधिकारी र धनगढी नगरका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपाल सरकार यातायात व्यवस्था विभागले जारी गरेको निर्णय तुरुन्तै खारेज गर्दै देवनागरी लिपीमा नै इम्बोस्ड नम्बर राख्न माग गर्दै जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापनपत्र बुझाएको हो। यातायात व्यवस्था विभागले असोज १ गते देखि अनिवार्य रूपमा सबै सवारी साधनहरूमा अङ्ग्रेजी भाषाको रोमन लिपीमा लेखिएको इम्बोस्ड नम्बर प्लेट राखि सक्नु पर्ने र अन्यथा ट्राफिक प्रहरीले कारवाही गर्ने चेतावनी दिएको निर्णयको विरोध गर्दै प्राज्ञिक विद्यार्थी परिषद्ले देशभरका जिल्ला प्रमुख मार्फत ध्यानाकर्षण गर्न ज्ञापनपत्र बुझाइरहेको छ।

ज्ञापनपत्रमा भनिएको छ, “नेपालको राष्ट्रिय भाषालाई नेपाल सरकारले प्रयोग नगरे कस्ले गर्छ रु नेपाली भाषाको सम्मान नेपालमा हुन नसके कहाँ हुन्छ रु नेपालको संविधान २०७२ को धारा ७ मा देवनागरी लिपिमा लेखिएको नेपाली भाषा नेपालको सरकारको कामकाजको भाषा हुनेछ भनिएको छ।

नेपालमा भाषागत विपरित सवारी साधनमा प्रयोगमा रहेको नेपाली भाषा र देवनागरी लिपिलाई विस्थापित गर्न २०८२ श्रावण २० गते माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकको निर्णयअनुसार सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था विभागमा २०८२ असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भनी गरिएको निर्णय राष्ट्रहित विपरीत असंवैधानिक र अव्यवहारिक भएकाले उक्त निर्णयको प्राज्ञिक विद्यार्थी परिषद नेपाल घोर भर्त्सना गर्दछ ।

विगत केही वर्ष अगाडि पनि तत्कालीन सरकारले इम्बोस्ड नम्बर प्लेटको प्रयोग गर्न खोज्दा सम्मानीय सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनमा रोक लगाएको थियो । नेपालको बजेटलाई अन्य मुलुकमा बुझाउने नेपाली भाषा र देवनागरी लिपिलाई कमजोर र धरासायी बनाउने उद्देश्य सहित देवनागरी लिपिको नम्बर प्लेट विस्थापित गर्ने नीतिले विगतमा बहस भएर रोकिएको विषयलाई पुनस् कार्यान्वयनका लागि सूचना प्रवाह गर्नुले बङ्गलादेश र अमेरिकाको संयुक्त ठेकेदार कम्पनी डेकाटुर टाइगर आइटी सँगको सम्झौता माथि नै प्रश्न चिन्ह खडा भएको छ । साथै कमिसनको खेल र समूहगत स्वार्थ सिद्धिका लागि देशको भाषा र संविधानको मर्ममाथि नै कुठाराघात गरिरहेको स्पष्ट हुँदैछ ।

तसर्थ यस्तो राष्ट्रहित विपरीतको सम्झौता तुरुन्त रद्द गर्दै नेपालमा नै कम शुल्कमा र देवनागरी लिपिमा नम्बर प्लेट छाप्ने व्यवस्थालाई यथावत राख्नका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको छ।

यतिखेर देशभर इम्बोस्ड नम्बरको विषयलाई लिएर विरोध चर्किएको छ । यसको विरोधमा जाग नेपालले आन्दोलनको घोषणा गरेको छ ।

अघिल्लो लेख ११ वटा निर्माण कम्पनी कालोसूचीमा राख्ने निर्णय
अर्को लेख कैलाली कारागार घटनाका घाइते १४ कैदीबन्दीलाई अन्यत्र सारियो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता
  • चुनावपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा एक युवक मृत फेला

२०८१ चैत्र १४, बिहीबार १४:५५ गते
कैलाली

कैलालीबाट ६ लाख बढी मुल्यको भन्सार छलीका आईफोन बरामद

२०८१ माघ २२, मंगलवार ०९:४६ गते
राजनीतिसमाचार

गोरखा १ मा रास्वपाका सुधन गुरूङको अग्रता

२०८२ फाल्गुन २३, शनिबार १४:४४ गते
राष्ट्रिय

अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि काठमाडौंमा

२०८१ मंसिर २६, बुधबार ०९:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?