यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली कारागार घटनाका घाइते १४ कैदीबन्दीलाई अन्यत्र सारियो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली कारागार घटनाका घाइते १४ कैदीबन्दीलाई अन्यत्र सारियो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

कैलाली कारागार घटनाका घाइते १४ कैदीबन्दीलाई अन्यत्र सारियो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र ९, सोमबार १८:५१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलाली जिल्ला कारागारबाट स्थानान्तरण हुने कैदीबन्दीको सङ्ख्या १४ पुगेको छ।

कैलाली कारागारमा भएको हिंसात्मक घटनामा घाइते भइ उपचारपछि डिस्चार्ज भएका सात जना कैदीबन्दीलाई आज स्थानान्तरण गरिएको छ। चार जनालाई जिल्ला कारागार डडेल्धुरा र तीन जनालाई जिल्ला कारागार डोटीमा स्थानान्तरण गरिएको कारागार प्रशासनले जनाएको छ।

गत साउन २३ गते राति कैलाली कारागारमा भएको हिंसात्मक घटनामा घाइते भएका उनीहरू उपचारपछि पनि सेती प्रादेशिक अस्पतालमा थिए।

यसअघि सेतीमा उपचारपछि डिस्चार्ज भएका तीन जनालाई कञ्चनपुर तथा एक जनालाई नवलपरासी स्थानान्तरण गरिएको थियो। त्यस्तै उपचारका लागि काठमाडौं पठाइएका तीन जना कैदीबन्दीलाई यसअघि नै त्यहीँको कारागारमा स्थानान्तरण गरिएको कैलाली कारागारका प्रमुख प्रकाश ढुङ्गानाले जानकारी दिए।

स्थानान्तरणका लागि कैदीबन्दीबाट निवेदन माग गरिएको उनले बताए। कारागार प्रशासनका अनुसार उपचारपछि डिस्चार्ज भएर अस्पतालमै रहेका थप केही कैदीबन्दीलाई पनि कारागार व्यवस्था विभागको अनुमतिमा स्थानान्तरणको तयारी छ।

कैलाली कारागारमा गत साउन २३ गते राति भएको हिंसात्मक घटनामा एक जना कैदीबन्दीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए। कैदीबन्दी धनगढी उपमहानगर–४का भरत चौधरीको मृत्यु भएको थियो। घाइते ४८ मध्ये हालसम्म १४ जनालाई अन्य कारागारमा स्थानान्तरण गरिएको र बाँकी कैदीबन्दीलाई डिस्चार्जपछि सेती प्रादेशिक अस्पतालअन्तर्गत कोरोना अस्पतालमा राखिएको कारागार प्रशासनले जनाएको छ।

घटनामा घाइते भइ उपचारपछि डिस्चार्ज भएका कैदीबन्दीको व्यवस्थापनमा समस्या छ। कारागारमा लैजाँदा पुनः झडपको स्थिति आउन सक्ने अनुमानसहित डिस्चार्जपछि पनि उनीहरुलाई अस्पतालमै राखिएको हो। सेती प्रादेशिक अस्पतालले घाइते २७ जना कैदीबन्दीलाई उपचारपछि अस्पतालले गत साउन २७ गते नै डिस्चार्ज गरेको थियो।

डिस्चार्ज भएका कैदीबन्दीको खानाको व्यवस्थापन अस्पतालले नै गरिरहेको छ। कैदीबन्दी राखिएको कोरोना अस्पतालमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले चौबिसै घण्टा तैनाथ गरिएको छ।

अघिल्लो लेख देवनागरी लिपि हटाएर इम्बोस्ड नम्बर प्लेट जडानको उर्दीविरुद्ध कैलाली जिल्लामा पनि विद्यार्थी परिषद्ले बुझायो ज्ञापनपत्र
अर्को लेख बाजुरामा दुई युवक चरेस र खैरो हेरोइनसहित पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

वायुसेवा कम्पनीहरूले गरे सबै आन्तरिक उडान बन्द

२०८२ भाद्र २५, बुधबार १६:०३ गते
अर्थ-वाणिज्य

सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घट्यो

२०८१ मंसिर २३, आईतवार १२:०० गते
समसामयिक/राेचक

कोप –२९ : गरीब मुलुकलाई प्रत्येक वर्ष ३ सय बिलियन डलर उपलब्ध गराउने सम्झौता

२०८१ मंसिर ९, आईतवार ०९:२४ गते
अन्तर्राष्ट्रिय

माली सुन खानी दुर्घटनामा कम्तीमा ४८ जनाको मृत्यु

२०८१ फाल्गुन ४, आईतवार १३:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?