धनगढी : जिल्ला प्रहरी कार्यालय, कैलालीले ३० लाख ८० हजारको गाडीसहित नौ वटा मोटरसाइकल भन्सार पठाएको छ।
धनगढी उपमहानगरपालिका–७ बाट बागमती प्रदेश ०१–०३१ च २७२६ नम्बरको चोरीको स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले नियन्त्रणमा लिएको गाडीको मूल्य २० लाख राखिएको छ। प्रहरीले यातायात व्यवस्था कार्यालय, ललितपुरबाट मागेको इन्जिन नम्बर र च्यासिस नम्बरले मेल नखाएको हो। प्रहरीले १० लाख ८० हजार मूल्यका अन्य नौ वटा मोटरसाइकल पनि भन्सार कार्यालय, कैलालीमा बुझाएको छ।
धनगढी उपमहानगरपालिका–९ बाट भारतीय नम्बर युपी १४ एफडब्लु ३५८१, बा ९० प २३४०, बा ९७ प ५०४६, से ६ प ९३२७, सुदूरपश्चिम प्रदेश ०१–०११ प १६८७, से १ प ७४११, से २ प ३७३३, बागमती प्रदेश ०२–०२० प ७९४ र सुदूरपश्चिम प्रदेश ०१–०१० प ८५६६ नम्बरका मोटरसाइकल भन्सार कार्यालयको जिम्मा लगाइएको छ।




