यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: छयानब्बे वर्षमा नागरिकता अहिले पनि बारीमा काम गर्ने जाँगर
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: छयानब्बे वर्षमा नागरिकता अहिले पनि बारीमा काम गर्ने जाँगर
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

छयानब्बे वर्षमा नागरिकता अहिले पनि बारीमा काम गर्ने जाँगर

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन १२, सोमबार ०९:०२ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

बझाङः वडाभरिकै पाको मान्छे। वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको। खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशी अहिले पनि बारीमै भेटिन्छिन्। यो उनको बाध्यता भने होइन बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो।

‘घरभित्रै बसिरहन मन मान्दैन’ उनले भनिन् ‘बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ। त्यसपछि कुटो बोकेर गइहाल्छु। थाहा भएदेखि कृषिमा जीवन समर्पित गर्नुभएकी जोशी अहिले पनि गाउँमा अगुवा कृषकको रूपमा चिनिन्छन्। ‘गाउँमा दलहन, धानबाली, तरकारी गाउँमा हुने सबै किसिमको तथा बीउ कतै नपाए गाउँले अझै म कहाँ आउँछन्’ तुलसीले भनिन्।

तर, यो उमेर वितिसक्दा पनि उनलाई नागरिकतालगायतका सरकारी कागजातको आवश्यकताबारे ज्ञान थिएन। उनलाई गएको शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै गएर नागरिकता प्रदान गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले सबै कागजात तयार गरी उनको घरमै पुगेर नागरिकता प्रदान गरिन्।

थलारा गाउँपालिका–७ घोडादाउनामा विक्रम संवत १९८६ साल साउन ११ गते जन्मिएकी जोशीलाई नागरिकता प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारीले अनागरिक भएर जीवन विताइरहेको अवस्थामा भेट भएको बताए। जोशीले सय वर्षको हाराहारीमा पनि नागरिकता नपाएको भन्ने सुन्ने वित्तिकै कागजात बनाउन अनुरोध गरेको र कागजात तयार हुनासाथ नागरिकता उपलब्ध गराएको बताए।

बुवा जयलाल उपाध्याय र आमा हरिनादेवी उपाध्यायको कोखबाट जन्मिएकी जोशीको विक्रम संवत १९९४ मा ८ वर्षको उमेरमा खप्तडछान्ना गाउँपालिका–५ का पदमराज जोशीसँग विहे भएको थियो। विहे भएको ५७ वर्ष अर्थात् २०५१ सालमै पदमराजले संसार छोडेपछि उनी एकल भईन्।

सदरमुकाम चैनपुरबाट चार घण्टाको दुरीमा पर्ने पिठातोला र त्यो ठाउँबाट देखिने भू–भाग नै तुलसीका लागि संसार भयो। ‘मेरा लागि त यही संसार हो ’ तुलसीले भनिन्, ‘माइतीगाउँ जाने बिप्रा डाँडा र छिमेकी जिल्ला बाजुरा जाने थामलेकबाहेक अन्त देखेको छैन। यही संसार आँखी झ्यालबाट हेरिरहन्छु। त्यो पनि पुरै घुमेको छैन।

अघिल्लो लेख कैलाली प्रहरीले एक गाडीसहित नौ वटा मोटरसाइकल भन्सार पठायो
अर्को लेख आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

अर्जुन ट्रफी क्रिकेट प्रतियोगिता आजदेखि : उद्घाटन खेलमा धनगढी र डडेलधुराले खेल्दै

२०८१ माघ १९, शनिबार ११:२२ गते
अर्थ-वाणिज्य

नेप्सेसँगै घट्यो कारोबार रकम

२०८१ आश्विन १६, बुधबार १६:३० गते
विचार/ब्लगसमाचारसाहित्य

म प्रेममा होइन, अन्योलमा परेकी छु

२०८१ आश्विन २१, सोमबार १४:४० गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा साइकल र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृ*त्यु

२०८२ श्रावण ६, मंगलवार १२:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?