यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘हाइटीमा भएको गिरोह हिंसामा पाँच हजार ६ सयभन्दा बढीको मृत्यु’
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘हाइटीमा भएको गिरोह हिंसामा पाँच हजार ६ सयभन्दा बढीको मृत्यु’
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

‘हाइटीमा भएको गिरोह हिंसामा पाँच हजार ६ सयभन्दा बढीको मृत्यु’

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २४, बुधबार १२:३४ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :हाइटीमा बढ्दो गिरोह हिंसाले गत वर्ष पाँच हजार छ सयभन्दा बढीको ज्यान लिएको संयुक्त राष्ट्रसङ्घले मङगलबार बताएको छ।

अघिल्लो वर्षको तुलनमा यो आँकडा एक हजारभन्दा बढी हो। यस अवधिमा हजारौँ घाइते भएका वा अपहरणमा परेका छन्। हिंसात्मक गिरोहहरूले राजधानी पोर्ट–अ–प्रिन्सको अधिकांश भाग नियन्त्रण गर्छन्। गरिब क्यारेबियन यो मुलुक दशकौँदेखि राजनीतिक अस्थिरताले ग्रस्त छ र हालैका वर्षहरूमा शक्तिशाली बन्दै गएका गिरोहहरूले अझ खराब बनाएको छ।

‘यी तथ्याङ्कहरूले मात्रै हाइटीमा भइरहेको पूर्ण भयावहतालाई कैद गर्न सक्दैनन् तर यसले मानिसहरूले भोगिरहेका निरन्तर हिंसालाई देखाउँछ’, राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले विज्ञप्तिमा भने।

संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसङ्घको समर्थनमा केन्याको नेतृत्वमा रहेको प्रहरी समर्थन मिसन हुँदाहुँदै पनि हिंसा बढ्दै गएको छ।

मङ्गलबारको विज्ञप्तिमा डिसेम्बरको सुरुमा राजधानीको साइट सोलेइल क्षेत्रमा शक्तिशाली वार्फ जेरेमी गिरोहका नेताद्वारा गरिएको नरसंहारमा कम्तीमा २०७ जनाको मृत्यु भएको बताइएको छ।

धेरै पीडितहरू वृद्ध थिए। उनीहरूलाई वुडू (जादू टुना) मा संलग्न भएको आरोप लगाइएको थियो र गिरोहका नेताले आफ्नो बच्चालाई विष दिएको आरोप लगाएका थिए। संदिग्धहरूलाई ‘प्रशिक्षण केन्द्र’ मा लगिएको थियो र त्यहाँ धेरैलाई मारिएपछि टुक्रा–टुक्रा पारिएको वा जलाएको थियो।

सन् २०२४ मा संयुक्त राष्ट्रसङ्घको मानवाअधिकार कार्यालयले गिरोहका सदस्यहरू र गिरोहसँग सम्बन्धित व्यक्तिहरूको ३१५ वटा भिडन्त हत्याको अभिलेख राखेको थियो। केही अवसरमा हाइटीका प्रहरी अधिकारीहरूले सहयोग गरेको बताइएको छ। यसबाहेक गत वर्ष विशेष प्रहरी एकाइहरू संलग्न भएको कथित संक्षिप्त मृत्युदण्डका २८१ वटा घटनाहरू रहेको मानावधिकार कार्यालयले बताएको छ।

‘हाइटीमा मानवाधिकार उल्लङ्घन र दुर्व्यवहारका साथै भ्रष्टाचारको दण्डहीनता व्याप्त रहेको कुरा लामो समयदेखि स्पष्ट छ’, केन्या नेतृत्वको मिसनलाई ‘आफ्नो कार्यादेश सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रसद र वित्तीय सहयोग’ प्रदान गर्न आह्वान गर्दै टर्कले भने, ‘कानूनको शासन पुनस्र्थापना गर्नु प्राथमिकता हुनुपर्छ।’

टर्कले अधिकार दुरुपयोगमा संलग्न भएको बताइएका अधिकारीहरूलाई अन्तर्राष्ट्रिय सहयोगमा जवाफदेही बनाउन राष्ट्रिय प्रहरी बललाई पनि आह्वान गरे। उनले सुरक्षा परिषद्ले लगाएको प्रतिबन्ध र हतियार प्रतिबन्धको पूर्ण कार्यान्वयनका लागि पनि आह्वान गरे।

‘हाइटीमा प्रवाह हुने हतियारहरू प्रायः आपराधिक गिरोहहरूको हातमा पर्छन्, जसको दुःखद परिणाम हुन्छ। हजारौँको मृत्यु, लाखौँ विस्थापित, आवश्यक पूर्वाधार र सेवाहरू, जस्तै स्कूल र अस्पतालहरू, अवरुद्ध र नष्ट भयो’, टर्कले भने।

संयुक्त राष्ट्रसङ्घका मानवाधिकार प्रमुखले हाइटीमा निरन्तर निर्वासनको निन्दा गर्दै भने, ‘देशमा तीव्र असुरक्षा र परिणामस्वरूप मानवाधिकार सङ्कटले हाइटीका नागरिकहरूको सुरक्षित, मर्यादित र दिगो फिर्तीको अनुमति दिँदैन।’

अघिल्लो लेख लागूऔषधसहित सात जना पक्राउ
अर्को लेख हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

गाजामा राहत लिनेमाथि आक्रमण : १२ जनाको ज्यान गयो

२०८२ असार ६, शुक्रबार १३:४५ गते
अन्तर्राष्ट्रियसमाचार

गाजामा आक्रमण नरोके इजरायलविरुद्ध कारबाही गर्ने बेलायत, फ्रान्स र क्यानडाको चेतावनी

२०८२ जेष्ठ ६, मंगलवार १६:०० गते
अन्तर्राष्ट्रिय

८० आप्रवासी सवार डुंगा भू-मध्यसागरमा पल्टियो

२०८१ माघ ४, शुक्रबार ०९:४४ गते
अन्तर्राष्ट्रियसमाचार

दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा ५२ बेलायती नागरिक रहेको पुष्टि

२०८२ जेष्ठ २९, बिहीबार १५:४४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?