यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केही औद्योगिक क्षेत्रमा बिजुली कटौती हुने, घरायसी उपभोक्तालाई भने असर नपर्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केही औद्योगिक क्षेत्रमा बिजुली कटौती हुने, घरायसी उपभोक्तालाई भने असर नपर्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्य

केही औद्योगिक क्षेत्रमा बिजुली कटौती हुने, घरायसी उपभोक्तालाई भने असर नपर्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २, मंगलवार १४:०७ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन शुरू नभएसम्म बढी बिजुली माग हुने साँझको समय (पिक) मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने देखिएको छ ।

हिउँदयाम शुरू भएसँगै खोला तथा नदीहरूमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरूको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने तर पिक समयमा आन्तरिक माग धान्न भारतबाट बिजुली आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नुपर्नेछ । चिसोका कारण यही समयमा बिजुलीको माग बढ्ने तर नेपालको विद्युत् प्रणालीमा सबैभन्दा बढी हिस्सा रहेको जलविद्युत् आयोजनाहरूको उत्पादन घट्ने अवस्था छ । हिउँदयामको बिजुली माग र आपूर्ति व्यवस्थापन गर्न यो समयमा भारतबाट आयात गर्नुपर्दछ ।

यस वर्ष झनै सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमध्ये सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नुपर्ने अवस्था नरहेको प्रष्ट पारे ।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण माथिल्लो तामाकोशीका संरचनामा क्षति पुगेको थियो । आउँदो पुस १० गतेभित्र बिजुली उत्पादन शुरू गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मत भइरहेको छ । बिजुली माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयमा चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई आउँदो चैत २ गते (१५ मार्च २०२५) सम्म ढल्केबर–मुजफ्फपुर ४ सय केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत ६ सय मेगावाट र टनकपुर–महेन्द्रनगर १ सय ३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक रूपमा ६ सय ५४ मेगावाटसम्म बिजुली आयात अनुमति दिएको छ ।

तर पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भने बिजुली आयात गर्न नपाउने व्यवस्था छ । त्यसपछि २०८१ चैत ३ देखि २०८२ असार १६ गते (१६ मार्च–३० जुन २०२५) सम्म सोलार आवर अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिइएको छ ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी पनि बन्द रहेको र पिक समयमा चार घण्टा भारतबाट बिजुली आयात गर्नसमेत नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताए ।

घिसिङले भने, ‘पिक समयमा आयात अनुमति पाएका छैनौँ, माथिल्लो तामाकोशी सञ्चालनमा रहेको भए दिउँसो बढी आयात गरी तामाकोशीको जलाशयमा पानी जम्मा गरी पिक समयमा चलाउन सकिन्थ्यो, माथिल्लो तामाकोशीको मर्मत तीव्र गतिमा भइरहेको छ, आयोजना नआएसम्म औद्योगिक क्षेत्रमा पिक समयमा विद्युत् केही कटौती गर्नुपर्ने अवस्था छ ।’

गएको शुक्रवार बिहान ढल्केबर–नवलपुर १ सय ३२ केभी प्रसारण लाइनको तार (कन्डक्टर) चुँडिँदा ढल्केबर पश्चिमका बारा र पर्सा औद्योगिक करिडोरमा विद्युत् आपूर्ति प्रभावित भएको थियो । त्यो लाइनको मर्मत गरी सोमवार दिउँसोदेखि सञ्चालनमा ल्याइएपछि विद्युत् आपूर्ति नियमित भएको छ ।

यसैगरी दर्चुलाको चमेलियादेखि कैलालीको अत्तरियासम्मको १ सय ३२ केभी प्रसारण लाइनअन्तर्गत बैतडी खोचलेक भन्ने ठाउँमा रुख ढलेर एउटा सर्किटमा क्षति पुगेको छ । त्यो लाइनको मर्मत भइरहेको छ ।

अघिल्लो लेख यू–१९ महिला एशिया कप : नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य
अर्को लेख रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

सुन आयातमा भारी गिरावट

२०८१ मंसिर ९, आईतवार १३:५६ गते
अर्थ-वाणिज्यसमाचार

सुनचाँदीको भाउमा कीर्तिमान : सुन तोलाको दुई लाख १० हजार ४ सय रुपैयाँ पुग्यो

२०८२ भाद्र २०, शुक्रबार १३:५० गते
अर्थ-वाणिज्य

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा र श्रम स्वीकृतिको प्रक्रियागत व्यवस्थाको प्रयास’

२०८१ मंसिर १४, शुक्रबार ०८:५५ गते
अर्थ-वाणिज्य

आज सुन तोलामा एक हजार ७०० रुपैयाँले घट्यो

२०८१ पुष ४, बिहीबार १०:५५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?