यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २, मंगलवार १४:१३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

सहकारी ठगी, सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा ६२ दिनदेखि प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई आठौं पटक थप चार दिन अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो ।

प्रहरीले दिएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले आउँदो शुक्रवार लामिछानेविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको छ । कास्की प्रहरीले लामिछानेविरुद्ध अनुसन्धान सकेर हिजो सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ ।

प्रहरीले पोखराको सूर्यदर्शन सहकारीका १८ हजार सात सय जना बचतकर्ताको बचत अपचलनमा ५० जनालाई पनि मुद्दा चलाउने सिफारिशसहित प्रतिवेदन बुझाएको छ । प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा चारदेखि ६ वर्ष तथा थप ५० प्रतिशत र सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र २८ करोड रुपैयाँ बिगो र त्यति नै जरीवाना असूल गर्ने मागसहित मुद्दा चलाउन सिफारिश गरेको छ । यस्तै समग्रमा सहकारीको कुल एक अर्ब ३५ करोड रुपैयाँ असूल गर्न प्रहरीको राय छ ।

गएको कात्तिक २ गते काठमाण्डौंबाट पक्राउ परेका लामिछानेमाथि अनुसन्धानका लागि शुरूमा ६ दिन, त्यसपछि सात दिन, १० दिन, १३ दिन, १५ दिन, चार दिन र पाँच दिन म्याद थप गरेर अनुसन्धानपछि यस पटक चार दिन म्याद थप भएको हो ।

पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध चितवन, पर्सा, काठमाण्डौं र रुपन्देहीमा सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएकोमा सबै जिल्लामा बयान सकिएको छ ।

अघिल्लो लेख केही औद्योगिक क्षेत्रमा बिजुली कटौती हुने, घरायसी उपभोक्तालाई भने असर नपर्ने
अर्को लेख सिमानाको तस्करी तत्काल नियन्त्रण गर्नुस् : गृहमन्त्री
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

नेपालमा प्रि–मनसुन गतिविधि फेरि सक्रिय, दुई हप्तासम्म पानी पर्ने सम्भावना

२०८२ जेष्ठ २, शुक्रबार १४:५७ गते
कैलालीराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

धनगढीको एक पोखरीमा माछा मरेपछि साठी लाख बराबरको क्षति

२०८१ असार २२, शनिबार १८:१४ गते
राष्ट्रिय

शिक्षकहरुको आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा

२०८२ बैशाख ५, शुक्रबार १०:११ गते
राष्ट्रियसमाचार

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

२०८२ मंसिर ७, आईतवार १३:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?