यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा पुँजीगत बजेट कार्यान्वयनको अवस्था निराशाजनक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा पुँजीगत बजेट कार्यान्वयनको अवस्था निराशाजनक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा पुँजीगत बजेट कार्यान्वयनको अवस्था निराशाजनक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ३०, आईतवार ०९:३२ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः सुदूरपश्चिम प्रदेशमा पुँजीगत बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कुल १८ अर्ब ७६ करोड २४ लाख पुँजीगत बजेट विनियोजन गरेको छ। तर चालु आर्थिक वर्ष सुरु भएको पाँच महिना वितिसक्दा पनि पुँजीगत बजेट कार्यान्वयन ७ प्रतिशत पनि पुग्न सकेको छैन। यस्तै चालुतर्फको बजेट कार्यान्वयनको अवस्था पनि निराशाजनक देखिएको छ। चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख बजेट विनियोजन गरिएको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख बजेट विनियोजन गरेकोमा कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ। अहिलेसम्म कुल तीन अर्ब ३२ करोड ४३ लाख रुपैयाँ मात्र खर्च भएको पाइएको छ। आर्थिक वर्ष सुरु भएको दुई महिनापछि बजेट ल्याएको प्रदेश सरकारले बजेट खर्च बढाउन सकेको छैन।

प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार हालसम्म १० दशमलव ५१ प्रतिशत बजेट खर्च भएको छ। त्यसमध्ये पूँजीगत खर्च ६ दशमलव ८६ प्रतिशत मात्र छ। यो अवधिमा सरकारले पुँजीगत बजेटतर्फ एक अर्ब २८ करोड ७६ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ। प्रदेश सरकारले चालुतर्फ एक अर्ब ७७ करोड ६४ लाख खर्च गरेको छ।

कुल बजेटको ५९ दशमलव ३२ प्रतिशत पूँजीगततर्फको बजेट छ। आर्थिक वर्ष सुरु भएको दुई महिनापछि गत असोज ६ गते सुदूरपश्चिम प्रदेश सभाबाट प्रदेश सरकारको बजेट पारित भएको थियो। ढिलोगरी बजेट आएकाले अधिकांश योजनाहरु कार्यान्वयनमा जान सकेका छैनन्। जसले गर्दा बजेट खर्च पनि न्यून देखिएको हो। यस वर्ष बजेट खर्च घट्ने देखिएको छ।

प्रदेश सरकारले असार १ गते प्रदेश सभामा बजेट पेश गर्ने र सभाले असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। तर यसअघिको सरकार अल्पमतमा परेपछि सदनमा पेश गरेको बजेट पारित हुन सकेको थिएन। बजेट पारित हुन नसक्दा साउन १ गतेदेखि प्रदेश बजेटविहीन अवस्थामा गएको थियो। काँग्रेस–एमाले समीकरणसँगै नयाँ सरकार गठन भएपछि आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले अघिल्लो सरकारले ल्याएको आकारकै बजेट भदौ ३१ गते प्रदेश सभामा पेश गरेका थिए।

अघिल्लो लेख विराटनगरविरुद्ध फिल्डिङमा काठमाडौं
अर्को लेख तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

आफैँलाई गोली हान्ने प्रहरी जवानको मृत्यु

२०८१ माघ १२, शनिबार १५:१४ गते
कैलाली

सुरक्षित घर बनेपछि निर्धक्क

२०८१ भाद्र २०, बिहीबार ०९:५८ गते
कैलाली

कुपोषण हटाउन गैरसरकारी संस्थाको साथ आवश्यक : मुख्यमन्त्री शाह

२०८१ आश्विन ४, शुक्रबार १२:११ गते
कैलाली

कैलालीको जोशीपुरमा पथरैया सिँचाई प्रणाली जल उपभोक्ता संस्थाको २४ औं साधारण सभा सम्पन्न

२०८१ आश्विन १४, सोमबार १४:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?