यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ऐरीको आक्रामक ब्याटिङमा सुदूरपश्चिमले दियो १८३ रनको लक्ष्य
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ऐरीको आक्रामक ब्याटिङमा सुदूरपश्चिमले दियो १८३ रनको लक्ष्य
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

ऐरीको आक्रामक ब्याटिङमा सुदूरपश्चिमले दियो १८३ रनको लक्ष्य

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १८, मंगलवार ११:३३ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :कप्तान दीपेन्द्र सिंह ऐरीको आक्रामक ब्याटिङमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो।

सुदूरपश्चिमका लागि कप्तान ऐरीले अर्धशतकीय पाली खेले। उनले २३ बलमा अर्धशतक प्रहार गरे। २४ बल खेलेका ऐरीले ३ चौका र ५ छक्कासहित ५७ रनमा अविजित रहे।

दीपेन्द्रले २४ बलमा अविजित ५७ रन बनाए । उनले इनिङ्सको अन्तिम दुई बलमा प्रतिस जिसीलाई लगातार छक्का प्रहार गरेका थिए । अन्तिम ओभरमा मात्र दीपेन्द्रले ३ छक्का प्रहार गरेपछि सुदूरपश्चिमले कुल २३ रन जोडेको थियो । दीपेन्द्रले कुल ३ चौका र ५ छक्का प्रहार गरे ।

दीपेन्द्र र इशान पाण्डेले आक्रामक ब्याटिङ गरेपछि बिहानको निकै कठिन कन्डिसनमा पनि सुदूरपश्चिमले राम्रो स्कोर बनाएको हो।

यी दुईले छैटौं विकेटमा २५ बलमा ४९ रन जोडे। इशानले १६ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाई रनआउट भए। सुदूरपश्चिमबाट ओपनर अमित श्रेष्ठ १ रनमै आउट भएका थिए। उनलाई इस्मात आलमले आउट गरे। अर्का ओपनर विनोद भण्डारीले २० बल खेली ३ चौकासहित २३ रन बनाए।

आरिफ शेख ९ रनमै आउट भए। बसिर अहमदको बलमा निकोलस कृतनले कभरमा उत्कृष्ट क्याच लिएर आरिफलाई पेभेलियन फर्काएका थिए। सैफ जैबले १५ बल खेली १ छक्कासहित १४ रन बनाए। ब्रान्डन म्याकमुलेनले २६ बल खेली समान २ चौका र छक्कासहित ३६ रन जोडे।

स्कट कुगेलेइन ६ बलमा २ चौका प्रहार गरि १० रनमा आउट भए । विराटनगरबाट अनिल खरेलले ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन दिए । क्रिस सोल, इस्मात र बसिरले १–१ विकेट लिए।

रोहन मुस्ताफा टस अघिसम्म कीर्तिपुर मैदानमा नपुगेका कारण सुदूरपश्चिमले ३ जनामात्र विदेशी खेलाडीलाई मैदानमा ओरालेको थियो। यूएईका पूर्व कप्तान मुस्ताफा मंगलबार बिहान ८ बजेमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएका थिए।

अघिल्लो लेख नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर
अर्को लेख एनपीएल : सुदूरपश्चिमको सानदार सुरुवात
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

आईपीएल क्रिकेटमा आज दिल्ली र लखनउ खेल्दै

२०८१ चैत्र ११, सोमबार ०९:५० गते
खेलकुद

सुदूरपश्चिमसँग हारे पनि कर्णाली एनपीएलको प्लेअफमा, काठमाण्डौं बाहिरियो

२०८१ पुष १, सोमबार १२:२३ गते
खेलकुद

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपालमा सम्मानित

२०८१ मंसिर ७, शुक्रबार ०८:३८ गते
खेलकुद

एनपीएलमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखराबीच खेल हुँदै

२०८१ मंसिर १८, मंगलवार ०८:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?