यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इन्धन डिपोबाट धनगढीका स्थानीय अहोरात्र त्रसित, स्थानान्तरण गर्न माग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इन्धन डिपोबाट धनगढीका स्थानीय अहोरात्र त्रसित, स्थानान्तरण गर्न माग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

इन्धन डिपोबाट धनगढीका स्थानीय अहोरात्र त्रसित, स्थानान्तरण गर्न माग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २३, शुक्रबार १४:२० गते
SudarshanTelevision
5 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन। घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन्।

डिपोका कारण सधैँ त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ। स्थानीय धर्मसिंहले डिपो स्थानान्तरणका लागि पटकपटक आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको दुखेसो पाखे। पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठूला ट्याङ्क नजिकै भएको र डिपोबाट इन्धन ‘लोडअनलोड’ भइरहँदा घरमा आगो बाल्न पनि त्रसित हुनुपरेको चटकपुरका स्थानीयको गुनासो छ।

‘घरमा आगो बाल्न डराउनुपर्ने अवस्था छ’, माधवीले भनिन्, ‘डरले रातभर निद्रा पर्दैन, निगमले डिपो अन्यत्र सारेर स्थानीयलाई निर्धक्क जिउन दिनुपर्छ।’ केही वर्ष पहिले जङ्गल रहेको डिपो आसपास अहिले बाक्लो बस्ती छ। डिपो अगाडि नै रहेको धनगढी–अत्तरिया सडकमा दैनिक हजारौँ सवारीसाधन गुड्छन्। नजिकै धनगढी नेत्रालय, सिपी अस्पतालसहित अन्य स्वास्थ्य संस्था, विद्यालय र व्यापारिक ‘कम्प्लेक्स’ सञ्चालनमा छन्।

नगर क्षेत्रमा हुने सार्वजनिक सुनुवाइ कार्यक्रममा पनि आफूले पटकपटक डिपोका कारण स्थानीयले निर्धक्क भएर बस्न नपाएको र बस्ती नभएको क्षेत्रमा डिपो सार्न पटकपटक आग्रह गरेको धर्मसिंहले बताए। चटकपुरकै स्थानीय भीम मल्ल घनावस्तीबिचको डिपोका कारण वरपरका बासिन्दा सधैँ चिन्तित रहेको बताए। कतिबेला आगलागी हुन्छ, सधैँ चिन्तित हुनुपरेको उनले बताए।

आगलागीको त्रासका कारण स्थानीयले ढुक्कका साथ जीवनयापन गर्न नसकेको उनको गुनासो छ। केही वर्षअघि डिपो नजिकै रहेको एक फर्निचरमा आगलागी हुँदा कतिपय स्थानीय घरै छाडेर हिँडेका चटकपुरवासीको सम्झनामा ताजै छ। धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले मुख्य बजारको बिचमा रहेको डिपोका कारण सुरक्षा चुनौती थपिएको बताए।

‘डिपो नजिकै अस्पताल र विद्यालय सञ्चालनमा छन्, कसैगरी ‘डिजास्टर’ भयो भने आसपास मात्र नभई सिङ्गो नगर नै प्रभावित हुनसक्छ’, प्रमुख हमालले भने, ‘लाखौँ लिटर इन्धन भण्डारण गरिएको छ, दुर्घटनाको जोखिम छ, बस्ती नभएका क्षेत्रमा डिपो सार्नुपर्छ।’ डिपो सुरक्षित स्थानमा स्थानान्तरण गर्न निगमलाई पटकपटक आग्रह गरिएको बताउँदै उनले निगमका तर्फबाट पनि डिपो सार्ने प्रतिबद्धता प्राप्त भएको बताए।

पुनर्वासमा डिपो सार्ने योजना, कार्यान्वयनमा ढिलाइ

निगमले डिपो स्थानान्तरण गर्ने योजना तर्जुमा गरे पनि जग्गा प्राप्तिमा ढिलासुस्ती भएको छ। सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनीले कञ्चनपुरको पुनर्वास नगरपालिका–३ र वडा नम्बर ५ मा रहेको २२ बिघा जग्गा निगमलाई बिक्री गर्ने प्रस्ताव गरे पनि त्यो कार्यान्वयन भएको छैन। निगमका उपनिर्देशक प्रदीप यादवले डिपो स्थानान्तरणको प्रयास भइरहेको बताए। ‘घना बस्तीका बीचमा डिपो छ, यसलाई स्थानान्तरण गर्नैपर्छ’, उपनिर्देशक यादवले भने।

सुरक्षा मापदण्डअनुसारका संरचना निर्माणका लागि अहिले डिपो भएको जग्गा अपुग छ। निगमले यसअघि समिति गठन गरी डिपो स्थानान्तरणका लागि जग्गा खोजेको थियो। धनगढीस्थित डिपोमा संरचना निर्माण गर्न जग्गा अपर्याप्त भएकाले दैनिक कार्य सञ्चालन प्रभावित भएको निगमका प्राविधिक जगदीशप्रसाद जैसीले बताए।

हाल डिपो रहेको जग्गा अपर्याप्त भएकाले भण्डारण क्षमता वृद्धि गर्न तथा ट्याङ्करमा ‘लोडअनलोड’ गर्न पनि समस्या भएको उनले बताए। हरेक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्न सक्ने पेट्रोलियम पदार्थ भण्डारणगृह निर्माण गर्ने सरकारको योजना छ। भण्डारण क्षमता बढाउन निगमलाई चटकपुरस्थित डिपो स्थानान्तरण गर्नुपर्ने बाध्यता छ। निगमको धनगढीस्थित डिपो कुल एक बिघा आठ कठ्ठामा फैलिएको छ।

उक्त डिपोमा अहिले डिजेल भण्डारणका लागि सात सय ६० किलोलिटरका दुईवटा ‘भर्टिकल ट्याङ्क’ र ७० किलोलिटरको भूमिगत ट्याङ्क तथा पेट्रोल भण्डारणका लागि सात सय ६० किलोलिटरको एक भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्कसहितको संरचना छन्। उक्त मौज्दातबाट सुदूरपश्चिम प्रदेशका लागि सात दिनको मात्र माग धान्नेछ। धनगढी डिपोले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ। रासस

ट्याग गरिएको:featured
अघिल्लो लेख बाजुरामा देउसी भैलोबाट सङ्कलित रकम शिक्षकलाई
अर्को लेख डडेल्धुराको गन्यापधुरामा आज कैलपाल जाँत मनाइँदै [फोटोफिचर]
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

६२ अंक बढ्यो सेयर बजार, विकास बैंकमा उच्च वृद्धि

२०८२ कार्तिक ११, मंगलवार १५:४० गते
अन्तर्राष्ट्रिय

यस्तो सहर जहाँ मानिस मृत्युवरण गर्न जान्छन्

२०८१ भाद्र १९, बुधबार १३:३१ गते
कैलालीसमाचार

धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ

२०८२ आश्विन २४, शुक्रबार १०:२१ गते
कैलाली

धनगढीमा पटाकासहित एक जना पक्राउ

२०८१ कार्तिक ९, शुक्रबार १९:०१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?