डडेल्धुरा – डडेल्धुराको गन्यापधुरामा कैलपाल जाँत मनाउँन लागिएको छ।
कार्तिक शुक्ल षष्ठी र सप्तमीका दिन मनाइने उक्त जाँत डडेल्धुराको गन्यापधुरा गाउँपालिका-४, जैसेरामा आज र भोलि मनाइने भएको हो।
कैलपाल देवताको जाँतका लागि बिभिन्न गाउँहरुबाट देउरो आउने गर्दछ। आज नै विशेष कार्यक्रमका बीच कैलपाल मन्दिरको पूजा हुने पण्डित मोतिराम पनेरुले जानकारी दिएका छन्।
हरेक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन कैलपाल मन्दिरको पूजा गरिने र कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् भोलि शुक्रबार मेला लाग्ने उनले बताएका छन्।






