काठमाण्डौं – आईसीसी विश्वकप क्रिकेट लिग – २ मा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।
अमेरिकाको ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल आज राति सवा नौ बजे शुरु हुनेछ ।
आइतवार भएको यो शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो ।
लिग–२ मा नेपाल ९ खेलमा एक जीतसहित तीन अङ्कका साथ तालिकाको सातौं स्थानमा छ ।
नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र यूएईले लिग–२ खेलिरहेका छन् ।
अहिले घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डबीच त्रिदेशीय शृङ्खला चलिरहेको छ ।





