यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: खेतीमा प्रविधिको प्रयोगले बढायो आम्दानी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: खेतीमा प्रविधिको प्रयोगले बढायो आम्दानी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

खेतीमा प्रविधिको प्रयोगले बढायो आम्दानी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ९, शुक्रबार १२:२० गते
SudarshanTelevision
5 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–६ का किसान आसरे राम वडायकले परम्परागत कृषिलाई प्रविधिसँग जोड्दै व्यावसायिक रूपमा खेती गरेर मनग्य आम्दानी गरिरहेका छन्।

विसं २०७४ देखि व्यावसायिक रूपमा कृषिमा लागेका वडायकले खेतीबाटै आम्दानी गरेर एक करोड बढीको कृषियन्त्र जोडेका छन् भने खेती गरेरै मनग्य आम्दानी गर्दै आएका छन्।

वडयकले आफ्नो र भाडामा गरी १५ बिघा जग्गामा उखु, तोरी, मसुरो र धानखेती गरेर वार्षिक रु ३० लाख बराबरको उत्पादन गरिरहेको बताए।

उनले खेती गर्न अत्याधुनिक कृषि उपकरण भित्र्याएर काम गरिरहेको बताए। ‘अहिलेसम्म खेतीबाट आएको आम्दानीले एक करोड बढीका कृषियन्त्र खरिद गरेको छुु, उनले भने, ‘ड्रोन प्रविधिबाट खेती गर्न सहज हुने भएकाले गत वर्षमात्र १० लाखमा ड्रोन ल्याएकोे छु।’ उनले ड्रोन प्रविधिबाट खेती गर्दा लागत कम हुनुका साथै उत्पादनमा समेत वृद्धि भएको बताए।

भारतका विभिन्न सहरमा व्यावसायिक खेतीको तालिम लिएर व्यावसायिक रूपमा खेतीमा लागेको उनको भनाइ छ। ‘दुई वर्ष भारतको साझनपुरमा उखुखेतीसम्बन्धी तालिम लिएँ, भारतकै महाराष्ट्रको साङलीमा व्यावसायिक खेतीको तालिम लिएर यहाँ आएपछि आफ्नो र जग्गा भाडामा लिएर खेतीमा लागेको हुँ’, वडायकले भने, ‘२०७१ सालमा भारतको पन्तनगर विश्वविद्यालयमा तरकारीखेतीसम्बन्धी तालिम लिएको छु।’ उनले भारतमा सिकेको सीपले खेती गर्न धेरै सहज भएको बताए।

ड्रोन प्रविधिबाट खेती सुरु गरेपछि उत्पादन राम्रो हुन थालेको वडायकको भनाइ छ। ‘ड्रोनले मानिसले भन्दा धेरै छिटो काम गर्छ, यसबाट बीउबिजन र विषादीलगायत आवश्यक कीटनाषक औषधिसमेत छर्कन सकिन्छ,’ उनले भने, ‘ड्रोनको प्रयोगले विषादी छर्किँदा मानिसले भन्दा राम्रोसँग छर्किन सकियो अर्को किसानको स्वास्थ्यमा हुनसक्ने समस्या पनि हुँदैन।’ उनले पछिल्लो समय विषादी छर्किँदा किसानको स्वास्थ्यमा समस्या हुने गरेको उल्लेख गर्दै ड्रोन प्रविधिले किसानको स्वास्थ्यमा हुने समस्यासमेत नहुने बताए।

ड्रोन प्रविधिले बीउबिजन र विषादी छर्किँदा थोरै लागतमा धेरै काम गर्न सकिने वडायकले उल्लेख गरे। उनले खेतीमा परिवारका सदस्यले समेत सघाउने गरेको बताए। ‘मेरो भतिजा र छोरी आइएससी एजी अध्ययन गरिरहेका छन्;, वडायकले भने, ‘उनीहरूले पनि मलाई प्राविधिक कुरामा सघाउछन्, त्यसले पनि मलाई खेतीमा सजिलो भएको छु, उनले छोरी सुस्मिता र भतिजा व्यावसायिक रूपमा कृषि गर्ने उद्देश्यले नै आइएससी एजी अध्ययन गर्न गएको बताए।

‘अहिले प्रविधिले हामीलाई धेरै नै सहज बनाएको छ घरका सबै सदस्य मिलेर काम गरिरहेका छौँ’, उनले भने, ‘परम्परागतभन्दा प्रविधिले उत्पादन र लागत दुवैमा फाइदा भएको छ।’ उनले खेतीको सिजनका बेला ३०/४० जनालाई रोजगारीसमेत दिने गरेको बताए। ‘सामान्य किसानले एक बिघा जग्गामा दुईदेखि तीन लाखसम्मको उत्पादन गर्छ, मैले एक बिघामा करिब १४ लाखसम्मको उत्पादन गर्ने लक्ष्य लिएको छुु,’ वडायकले भने, ‘प्राविधिक कुरामा मात्र ध्यान दिनसके राम्रो उत्पादन हुन्छ।’ उनले उत्पादन गर्न सके बजारको समस्या भने नरहेको बताए।

‘अहिलेसम्म बजारको समस्या भोग्नुपरेको छैनु, वडायकले भने, ‘स्वदेशमै मेहनतका साथ काम गरे विदेश जानुपर्दैन।’ उनले व्यावसायिक रूपमा कृषि गरे विदेशकै जति कमाइ स्वदेशमा गर्न सकिने बताए। वडायक गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट सुदूरपश्चिमभरि सर्वोत्कृष्ट किसानका रूपमा सम्मानति भएकका छन्। त्यसैगरी भीमदत्त उत्कृष्ट किसानबाट समेत उनी सम्मानित भइसकेका छन्। पछिल्लो समय कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ।

परम्परागत रूपमा गोरु र राँगाहरूले जोत्ने ठाउँमा ट्रयाक्टर, मिनीटिलर, पावर टिलरको प्रयोग गर्न थालिएको छभने बाली काट्न र पिस्न पनि प्रविधिको प्रयोग भइरहेको छ। काट्नलाई रिपर, बस कटर, कम्बाइन हार्भेस्टरलगायतका अत्याधुनिक उपकरणको प्रयोग बढ्दो छ। अहिले किसानले ड्रोनलगायत नयाँनयाँ बीउबिजन, रोग–कीरा नियन्त्रणसम्बन्धी प्रविधिको प्रयोग गरिरहेका छन्। किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि यान्त्रीकीकरणतर्फ किसानको आकर्षण बढेको छ। रासस

अघिल्लो लेख बैतडीकी २२ वर्षीया हिमश्वेता पहिलो प्रयासमै अधिकृत
अर्को लेख धादिङको महादेवबेसी नजिक भ्यान दुर्घटना हुँदा ११ जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलालीसमाचार

कञ्चनपुरबाट खैरो हेरोइनसहित कैलालीका २ किशोर पक्राउ

२०८२ जेष्ठ २९, बिहीबार ११:०३ गते
कञ्चनपुर

कञ्चनपुरमा एक जना मृत भेटिए

२०८१ पुष ५, शुक्रबार १३:४१ गते
कञ्चनपुरकैलाली

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८२ बैशाख २१, आईतवार १२:११ गते
कञ्चनपुर

कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ

२०८१ आश्विन १५, मंगलवार १६:०४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?