धनगढी – कैलालीको धनगढीबाट चोरी मुद्दाका फरार दोषी पक्राउ परेका छन्।
चोरी मुद्दामा फरार रहेका धनगढी उपमहानगरपालिका–१३ कैलालीगाँउ बस्ने २४ वर्षीय बिक्रम राना पक्राउ परेका हुन्।
जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ७ दिन कैद सजाय र १० हजार जरिवाना तोकेपछि राना फरार रहेका थिए। रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।





