यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आलिताल अस्पताल निर्माणको काम अलपत्र
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आलिताल अस्पताल निर्माणको काम अलपत्र
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियस्वास्थ्य-शिक्षा

आलिताल अस्पताल निर्माणको काम अलपत्र

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ४, आईतवार १४:३८ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

डडेल्धुरा । भित्रीमधेश क्षेत्र आलिताल गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पताल भवन निर्माण अलपत्र परेको छ ।

दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी भएको सम्झौता अनुसार बजेट नहुँदा निर्माणको काम अलपत्र परेको हो ।

२०८० असार मसान्तमा काम सम्पन्न गर्ने गरी २०७८ असार २३ गते राजेन्द्र निर्माण सेवासँग ठेका सम्झौता भएको थियो ।

तर निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधिभन्दा करिब डेढ वर्ष बढी घर्किसक्दा पिल्लर मात्रै हालिएको गाउँपालिकाका प्राविधिक राजेन्द्रकुमार रावलले जानकारी दिए। उनका अनुसार बजेट अभावले काम अघि बढ्न सकेको छैन ।

आलिताल गाउँपालिका–८ स्थित गोदाम बजार नजिक बन्न लागेको १० शय्याको अस्पताल निर्माणका लागि राजेन्द्र निर्माण सेवासँग गाउँपालिकाले सात करोड ३९ लाख ९७ हजार रूपियाँ बराबरको ठेक्का सम्झौता गरेको थियो । झण्डै ४० प्रतिशत घटिघटाउ रकममा ठेक्का सम्झौता भएको उनले बताए ।

अस्पताल निर्माणका लागि पहिलो वर्ष ८० लाख रकम गाउँपालिकालाई प्राप्त भएको उनले जानकारी दिए । सुरुमा ठेकेदारले सम्झौता गरेर १० प्रतिशत रकम मोविलाईजेस खर्च लैजानुपर्ने थियो । बजेट अभावले उक्त रकम पनि भुक्तानी नभएको उनले बताए । काम सुरु गर्न सामग्री फाले पछि थप १० प्रतिशत रकम ठेकेदारले पाउनुपर्ने हो । उहाँले भन्नुभयो, ‘तर रकम अभावमा निर्माण कम्पनीले भुक्तानी पाउन सक्नुभएन ।’ काम सुरु गरे पनि बजेट अभावले काम अघि नबढेको उनको भनाइ छ ।

आर्थिक वर्ष २०७९/०८० मा सङ्घीय सरकारबाट ३० लाख रकम विनियोजन भएको थियो । तर आर्थिक वर्ष सकिँदै गर्दासम्म बजेट भने आएन । गत वर्ष २५ लाख रकम विनियोजन भएको थियो ।

बजेट आवमा निर्माण कम्पनीलाई ६० लाख रकम मात्रै मोबिलाइजेसन खर्च भुक्तानी भएको थियो । उहाँले भन्नुभयो, ूहालसम्म ८३ लाख रकम बराबरको काम सम्पन्न भएको छ भने १४ लाख रकम मात्रै भुक्तानी गरिएको छ । गत वर्ष पनि २१ लाख रकम बराबरको बिल निर्माण कम्पनीले पेश गरेको थियो। तर भुक्तानी भने हुन नसकेकाले काम अलपत्र परेको उनले बताए ।

उनका अनुसार हाल सम्म दुई पटक म्याद थप गरिएको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका अस्पताल निर्माण गर्ने योजना अगाडि सारेका थिए । उक्त योजना अनुसार सुदूरपश्चिमका ५४ वटा स्थानीय तहमा अस्पताल निर्माणका लागि शिलान्यास गरिएको थियो । आलिताल अस्पताल यसै योजनामध्येको एक अस्पताल हो । गोरखापत्रबाट

अघिल्लो लेख सरकार नढलेसम्म सडकमै रहन रवि लामिछानेको अपिल
अर्को लेख सेती प्रादेशिक अस्पतालमा जलनको निःशुल्क उपचार गर्ने निर्णय
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प

२०८२ जेष्ठ १४, बुधबार १४:१६ गते
राष्ट्रियसमाचार

चैतन्य एकेडेमीले भदौ अन्तिममा नीति सम्मेलन गर्दै, नेता र विज्ञले बहस गर्ने

२०८२ भाद्र १६, सोमबार २१:१० गते
राष्ट्रिय

कहाँ कति भयो वर्षा?, आज कस्तो रहला मौसम?

२०८२ बैशाख ५, शुक्रबार १०:२४ गते
राष्ट्रियसमाचार

सीमा क्षेत्रमा हुने वन्यजन्तुको अवैध चोरी सिकारी नियन्त्रण गर्न दुई देशबिच सहमति

२०८२ जेष्ठ २२, बिहीबार ११:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?