यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तरकारीले किसानको जीवनमा फेरबदल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तरकारीले किसानको जीवनमा फेरबदल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

तरकारीले किसानको जीवनमा फेरबदल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १९, शनिबार १०:५८ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

बैतडी ।शिवनाथ गाउँपालिकाले ‘एक घर एक पोलिहाउस’ कार्यक्रम सुरु गरेपछि तरकारी खेती गर्ने बढेका छन् । 

यसअघि बाहिरी जिल्लाको तरकारीमा निर्भर पालिकाका स्थानीय अहिले गाउँमै उत्पादन भएको तरकारी खपत हुन थालेका छन् । 

गाउँपालिकाले ‘एक घर एक पोलिहाउस’ को योजना ल्याएर किसानलाई ५० प्रतिशत अनुदानमा पाँच सय पोलिहाउस वितरण गरेको गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए । उनले तरकारी खेती गर्दा आवश्यक जानकारी दिन किसानको बारीमै कृषि प्राविधिक खटाइएको बताए ।  

गाउँपालिकाले उपकरण र प्रविधि सहयोग गरेपछि १५ वटा पोलिहाउसमा गोलभेँडा खेती र पाँच रोपनीमा बन्दा काउली खेती गरिरहेको शिवनाथ गाउँपालिका–३, पोखरेटीका किसान धनवीरसिंह साउदले बताए । 

अगुवा किसान साउदले गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा पोलिहाउस र सिँचाइ पोखरी निर्माणका लागि सहयोग प्राप्त भएको बताए । तरकारी खेतीबाट उनले वार्षिक तीन लाख रुपियाँ आम्दानी गर्दै आएका छन् । 

गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन पालिकाले वार्षिक ४० लाख रुपियाँ बजेट खर्च गर्दै आइरहेको गाउँपालिकाका उपाध्यक्ष शकुन्तला साउदले बताइन् । उनले भनिन्, “पालिकाको अनुदान सदुपयोग भए/नभएको अनुगमनसमेत गरिरहेका छौँ । किसानलई आवश्यक पर्ने ज्ञान र सिप सिकाउन प्राविधिकलाई बारीमै पठाउने गरेका छौँ ।” 

शिवनाथका किसान गोलभेँडा र बन्दा खेतीमा आकर्षित हुँदै गएको कृषि प्राविधिक मानबहादुर चौधरीले बताए । रोग, किरा लाग्न नदिन, गोठेमल बनाउन र पोलिहाउस निर्माण गर्दा आवश्यक पर्ने सिप र ज्ञान दिन बारीमै पुग्ने गरेको उनले बताए । 

१५ वटा पोलिहाउसमा खेती गरेर वार्षिक एक सय क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गरेर पालिकाको बजार र प्रदेश राजधानी धनगढीसम्म बिक्रीका लागि पठाउने गरेको अगुवा किसान धनवीरसिंह साउदले बताए । साउदले भनिन्, “यो मौसममा बारीमै ८० रुपियाँ प्रतिकिलो गोलभेँडा बिक्री भइरहेको छ । गत वर्षभन्दा यो वर्ष बढी मुनाफा भएको छ ।” 

बजार मूल्य एक सय पचास

शिवनाथ गाउँपालिकाका किसानले ८० रुपियाँ प्रतिकिलोमा बिक्री गरेको गोलभेँडाको बजार मूल्य १५० रुपियाँ रहेको छ । गाउँपालिकाले ठुलो लगानी गरेर किसानलाई तरकारी खेती गर्न सिकाए पनि उपभोक्ताले भने चर्को मूल्यमा तरकारी किन्नुपर्ने बाध्यता रहेको छ । 

उपभोक्ता र किसानलाई फाइदा पुग्ने गरेर गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र निर्माण गरे पनि बिचौलिया तरकारी किन्न किसानको बारीमै पुग्ने भएकाले सङ्कलन केन्द्रमा तरकारी नआएको कृषि प्राविधिक चौधरीले बताए । गोरखापत्रबाट

अघिल्लो लेख च्याङ्ग्रा लिएर रारादेखि फेवासम्मको यात्रा
अर्को लेख बैङ्कको भोगचलनपछि धितोमा धनीको हक नलाग्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

बैतडी

बैतडीमा एक जना मृत अवस्थामा फेला

२०८१ मंसिर २८, शुक्रबार ०९:२० गते
बैतडीस्वास्थ्य-शिक्षा

बैतडीमा सशस्त्र प्रहरीद्वारा हाजिरी जवाफ प्रतियोगिता

२०८१ आश्विन १४, सोमबार १३:५५ गते
बैतडीसमाचार

बैतडीमा कुकुरको टोकाइबाट बालकको मृ*त्यु

२०८२ असार १७, मंगलवार १०:१७ गते
बैतडी

बैतडीमा पहिरोले एक घर भत्कियो

२०८१ भाद्र २९, शनिबार १४:५५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?