काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १०० रुपैयाँ बढेर एक लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला एक हजार ९३५ रुपैयाँमा कारोबार भएको थियो ।





