यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपालबाट बिजुली किन्ने योजना बङ्गलादेशबाट स्वीकृत
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपालबाट बिजुली किन्ने योजना बङ्गलादेशबाट स्वीकृत
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्य

नेपालबाट बिजुली किन्ने योजना बङ्गलादेशबाट स्वीकृत

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ३१, सोमबार १५:२५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –बङ्गलादेशको अन्तरिम सरकारले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने योजनालाई स्वीकृति दिएको छ ।

यो परियोजना यसै वर्षको जुनमा तत्कालीन शेख हसिना नेतृत्वको सरकारले शुरू गरेको थियो । आन्दोलनका कारण हसिना नेतृत्वको सरकार ढलेपछि बनेको अन्तरिम सरकारले नेपालबाट बिजुली किन्ने योजनालाई स्वीकृत गरेको बङ्गलादेशी सञ्चारमाध्यमहरूले बताएका छन् ।

बङ्गलादेशले बिजुली किन्ने योजना स्वीकृत गरेसँगै नेपाल सरकारले दशैँअघि नै बङ्गलादेश र भारतका ऊर्जामन्त्रीहरूसँग संयुक्त छलफल गरेर हस्ताक्षर गर्ने र बिजुली निर्यातको तयारी गरेको छ ।

यसअघि गएको साउनमै सम्झौता गर्ने तयारी भएकोमा बङ्गलादेशमा सरकारविरोधी आन्दोलन भएकाले विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सम्झौता हुन सकेको थिएन ।

अब नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच सम्झौतापछि नेपालबाट बङ्गलादेश बिजुली लैजाने बाटो खुल्नेछ ।

नेपालबाट आयात गर्ने बिजुलीको मूल्य प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्ट अर्थात् ७ दशमलव ३२ टाका तोकिएको सरकारले जनाएको छ ।

नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि भारतीय सरकारले प्रसारणलाइनको प्रयोग गर्न अनुमति दिइसकेको छ । प्रसारणलाइन प्रयोग गरेबापतको रकम अर्थात् ुह्विलिङ चार्ज बङ्गलादेशले नै तिर्नेछ ।

बङ्गलादेशले अहिले बिजुली किन्न शुरू गरेमा बङ्गलादेश, नेपाल र भारतबीच त्रिपक्षीय ऊर्जा सहकार्यको नयाँ युग शुरू हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

चरम ऊर्जा सङ्कटको जोखिममा रहेको बङ्गलादेशले भारतबाट मागेअनुसारको बिजुली नपाएपछि भुटान र नेपालबाट बिजुली किन्ने विषयलाई प्राथमिकतामा राखेको छ । यसले नेपाल र बङ्गलादेश दुवै देशको आर्थिक विकासमा योगदान पुर्‍याउने दुवै देशको आशा छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि विज्ञापन आह्वान
अर्को लेख सुदूरपश्चिम सरकारले दोस्रो पटक बजेट भाषण सुरू नगर्दै प्रतिपक्षी दलको बिरोध
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

आज खीर खाने दिन : धनगढीमा यसरी मनाइयो

२०८१ श्रावण १५, मंगलवार १७:४३ गते
बझाङसमाचार

बझाङमा पहिरोमा पुरिँदा ४ जना बेपत्ता

२०८१ भाद्र ३, सोमबार ०९:११ गते
अर्थ-वाणिज्य

राष्ट्र बैंकको नाफा झण्डै २२ प्रतिशतले बढ्यो

२०८१ मंसिर ३, सोमबार ०९:४२ गते
राष्ट्रियसमाचार

नोभेम्बरमा भित्रिए १ लाख १६ हजार पर्यटक

२०८२ मंसिर १६, मंगलवार १२:१७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?