कञ्चनपुर – कञ्चनपुरबाट भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट लागूऔषध (खैरो हेरोइन) सहित दुई जना पक्राउ परेका छन्।
भारतको लखिमपुरका २० वर्षीय विकाश पाल र एक अर्का किशोरलाई १ ग्राम १ सय ७० मिलिग्राम लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो।
उनीहरुलाई प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।





