यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ९ आईतवार
2026, Oct 25, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतमा जितिया पर्व मनाउँदा ४६ जनाको डुबेर मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ९ आईतवार
2026, Oct 25, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतमा जितिया पर्व मनाउँदा ४६ जनाको डुबेर मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

भारतमा जितिया पर्व मनाउँदा ४६ जनाको डुबेर मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १०, बिहीबार १९:४१ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

भारत । पूर्वी भारतमा हिन्दु पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ ।

बिहार राज्यको विपद् व्यवस्थापन विभागका एक अधिकारीका अनुसार हालैको बाढीका कारण नदी र पोखरीमा धार्मिक स्नान गर्दा बिहार राज्यमा छुट्टाछुट्टै घटनामा उनीहरू डुबेका थिए ।

राज्यका १५ जिल्लामा मङ्गलबारदेखि डुबेर यी घटना भएका थिए । त्यहाँ भक्तजनहरूले आफ्ना बालबालिकाको कल्याणका लागि आमाहरूले मनाउने हिन्दु चाड जितिया पर्व मनाइरहेका थिए । अधिकारीहरूका अनुसार उनीहरूले अझै अन्य तीन शव निकाल्न प्रयास गरिरहेका छन् ।

जितिया पर्व केही दिनसम्म चल्छ र यो उत्तर प्रदेश र झारखण्ड राज्यका साथै नेपालको तराईका केही क्षेत्रमा पनि मनाइन्छ ।

बिहार राज्य सरकारले प्रत्येक पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सञ्चार माध्यमका अनुसार गत वर्ष पनि बिहारमा २४ घण्टाको अवधिमा २२ जनाको डुबेर मृत्यु भएको र तीमध्ये अधिकांशको यही पर्व मनाउँदा मृत्यु भएको थियो ।

भारतमा प्रमुख धार्मिक पर्वहरूमा पूजा स्थलहरूमा घातक घटना हुनु सामान्य हो । अधिकांश ठुला चाडपर्वमा लाखौँ भक्तजन तीर्थयात्रामा निस्कन्छन् ।

गत जुलाईमा प्रदेशमा भिडभाड भएको एउटा हिन्दु समारोहमा कम्तीमा एक सय १६ जनाको कुल्चिएर मृत्यु भएको थियो । यो एक दशकभन्दा बढी समयमा सबैभन्दा ठुलो दुर्घटना थियो ।

भारतमा जुनदेखि सेप्टेम्बरसम्मको मनसुनी मौसममा प्रत्येक वर्ष मुसलधारे वर्षा र बाढी आउँछ । मनसुन कृषिका लागि र लाखौँ किसानको जीविकोपार्जनका लागि महत्त्वपूर्ण छ ।

तथापि मनसुनी वर्षाले प्रत्येक वर्ष पहिरो र बाढीका रूपमा व्यापक विनाश निम्त्याउँछ । यसले दक्षिण एसियाभर सयौँ मानिसको ज्यान लिने गरेको छ ।

गत जुलाईमा दक्षिण भारतको केरला राज्यमा मुसलधारे मनसुनी वर्षाले पहिरो जाँदा चिया बगानहरू चट्टान र माटोले पुरिँदा दुई सयभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनले विश्वभर चरम मौसमी घटनाहरू बढेका छन् र भारतमा बाँध निर्माण, वन फँडानी र विकास परियोजनाहरूले मानवीय क्षतिलाई बढाइरहेका छन् ।

बिसौँ शताब्दीको मध्यदेखि मनसुनको परिवर्तनबारे पोस्टड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चले सन् २०२१ मा गरेको अध्ययनले चरम मौसमी घटनाहरू बलियो र अनियमित हुँदै गएको बताएको छ । रासस,एएफपी

ट्याग गरिएको:featured
अघिल्लो लेख लम्कीबाट लागूऔषधसहित दुई जना पक्राउ
अर्को लेख एक सय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

चैतन्य पाठशालाको २५औँ वार्षिकोत्सव सुरु, विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान भोली पनि निरन्तर रहने

२०८२ फाल्गुन २९, शुक्रबार २१:२४ गते
राष्ट्रियसमाचार

रुपन्देहीमा रुखमा गाडी ठोक्किँदा ३ जनाको ज्यान गयो

२०८२ कार्तिक १२, बुधबार १५:४१ गते
अन्तर्राष्ट्रिय

इण्डोनेसियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो

२०८१ माघ ९, बुधबार १३:२२ गते
राष्ट्रियसमाचार

आज देशभर सार्वजनिक बिदा

२०८२ आश्विन १, बुधबार ११:४० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?