कञ्चनपुर – कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीका ३६ वर्षीय राजकुमार डगौराको सोही नगरपालिका–११ दिपनगरस्थित सडकको नालीमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको हो।
माछा मार्ने क्रममा बुधबार बिहान डुबेर अशक्त भएका उनको भारतको भोजपुरास्थित अस्पतालमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।





