डडेल्धुरा – भागेश्वर गाउँपालिकाद्वारा आयोजित निबन्ध लेखन प्रतियोगितामा रुपालको अशिग्राम मावि प्रथम भएको छ ।
आज बिहीबार संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा गाउँपालिकाद्वारा आयोजित माध्यमिक तह स्तरीय निबन्ध लेखन प्रतियोगितामा गाउँपालिका–२, रुपालमा रहेको अशिग्राम मावि प्रथम भएको हो ।
गाउँपालिको सभाहलमा भएको निवन्ध प्रतियोगितथामा अशिग्राम माविका तर्फबाट निशा जोशी सहभागी रहेकी थिइन् ।
त्यस्तै उक्त प्रतियोगितामा शारदा मावि, सिराड (हेमराज ओझा) द्वितीय, सरस्वती नमुना मावि, बोगटा (सुवाश ठगुन्ना) तृतीय भएका छन् भने शिवशंकर मावि, रुपालीगाड (नवीन नाथ) ले सान्त्वना प्रप्त गरेको छ ।






