कञ्चनपुर – कञ्चनपुरमा चोरी मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–९ का अरुण नायक पक्राउ परेका हुन्।
नायकलाई अदालतले २०८० मंसिर १९ गते चोरी मुद्दामा ६ महिना कैद र १० हजार जरिवाना तोकेको थियो।
सोहि दिनबाट फरार रहेका नायकलाई इलाका प्रहरी कार्यालय ब्रमदेवबाट खटिएको प्रहरी टोलिले शुक्रवार पक्राउ गरेको हो।
उनालाई सजाय भुक्तानको लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ।




