धनगढी –सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पाँच ठाउँमा अवरुद्ध भएको छ।
पछिल्लो दुई दिनदेखि भइरहेकाे अविरल बर्सातसँगै आएको पहिरोले राजमार्ग पाँच ठाउँमा अवरुद्ध भएको हो।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बुढीतोला, खानीडाँडा, बुडर, फल्टुडे, र साहुखर्क क्षेत्रमा दुइ ठाउँमा सडक अवरुद्ध भएको छ।
सडक खुलाउने प्रयास अहिले सम्म नभएकाे भन्दै यात् चिन्तित बनेका छन् ।
डाेजर जाने बाटाे नभएका कारण सडक संचालनमा समस्या आइरहेकाे अत्तरिया ट्राफिकले बताएकाे छ।





