यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा नदी कटान रोक्न बाँस र घाँस रोपिँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा नदी कटान रोक्न बाँस र घाँस रोपिँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा नदी कटान रोक्न बाँस र घाँस रोपिँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २७, बिहीबार १०:४१ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।  कैलालीको मोहना र खुटिया नदी किनारमा बाँस र घाँस रोप्ने अभियान सुरु गरिएको छ । 

यी नदीले कटान गर्दै आएको धनगढी उपमहानगरपालिकास्थित विभिन्न वडामा चाँप जातको बाँस, अम्रिसो र डाले घाँस रोप्ने अभियानको थालनी गरिएको हो । 

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७, १२, १५ र १७ गरी चार वडाको करिब ३० किलोमिटर क्षेत्रमा बाँस, अम्रिसो र घाँस रोप्ने लक्ष्य लिइएको छ । 

मोहना र खुटिया नदीले कटान गर्दै आएका कारण जैविक तटबन्ध निर्माण र स्थानीयको आयआर्जनका लागि बाँस र घाँस रोप्ने कार्यको थालनी गरिएको नगरप्रमुख गोपाल हमालले बताएका छन् । 

उनका अनुसार नदी किनारमा बाँस उपमहानगरपालिकाको कार्यालयले रोप्ने छ । बाँस ठुलो भएपछि त्यसबाट सम्बन्धित क्षेत्रका नगरवासीले लाभ उठाउने जनाइएको छ । 

नदीले गर्दै आएको कटान रोकथाम र स्थानीयस्तरमा रोजगारीको बढाउने उद्देश्यले बाँस र घाँस रोप्ने कार्य सुरु गरिएको हो । चाँप प्रजातिको बाँसबाट उच्च गुणस्तरको कागज बन्ने गर्दछ । यसै गरी विभिन्न किसिमको हस्तकलाको सामग्री बनाउनका लागि बाँसको प्रयोग हुने गर्दछ । अम्रिसोबाट कुचो बनाउने गरिएको छ । बाँसबाट बन्ने विभिन्न सामग्री उत्पादनका लागि स्थानीवासीलाई धनगढी उपमहानगरपालिकाको कार्यालयले तालिम प्रदान गर्ने बताइएको छ । 

बाँस र घाँस राम्ररी हुर्काउन सकिएमा खोला किनारबाटै राम्रो आम्दानी गर्न सकिने विश्वास गरिएको छ । बाँस रोप्ने अभियानलाई बढाउँदै लैजाने हमालले उल्लेख गरेका छन् । 

धनगढी उपमहानगरपालिकाले बाँस छ हजार, अम्रिसो छ हजार छ सय र डाले घाँस पनि छ हजार छ सय बोट रोप्ने योजना रहेको छ । दुवै नदीको करिब ३० किलोमिटर क्षेत्रमा बोटबिरुवा र घाँस रोप्ने जनाइएको छ । 

खुटिया र मोहना नदीले विभिन्न क्षेत्रमा कटान गर्दै आएको छ । कटान हुने गरेको ती क्षेत्रमा बाँस र घाँस रोपिए कटान नियन्त्रणमा सहयोग पुग्ने जनाइएको छ । बाँस, काँस, घाँस, अम्रिसोले नदी किनारमा जैविक तटबन्धका रूपमा काम गर्ने गर्दछ ।   

अघिल्लो लेख एन्फा महिला लिग : आज पनि दुई खेल
अर्को लेख धनगढीमा भदौ २८ र २९ गते ‘प्रज्ञा उत्सव साधना’ हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीबाट अवैध बालुवा लोड गरिएको ट्याक्टर प्रहरी नियन्त्रणमा

२०८१ श्रावण ११, शुक्रबार ०८:१७ गते
कैलालीसमाचार

धनगढी र टीकापुरबाट ५६ लाख ८३ हजारको अवैध सामान बरामद

२०८२ आश्विन २, बिहीबार १०:३४ गते
कैलाली

डा.सुशील कोइरालालाई सम्मानपूर्वक विदाई

२०८१ चैत्र १५, शुक्रबार १६:०३ गते
कैलाली

कैलालीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु

२०८१ श्रावण २९, मंगलवार १०:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?