धनगढी – अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पसले सुवास नेम्वाङको प्रथम स्मृति दिवस मनाइएको छ ।
नेकपा एमालेका तत्कालीन उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटीले दीप प्रज्वलन गरेको छ ।
नेपालको राजनीतिक परिवर्तनमा नेम्वाङले खेलेको भूमिका र नेपालीको संविधान २०७२ निर्माणमा गरेको योगदानको सम्मान गर्दै स्वर्गीय नेम्वाङको स्मृति दिवस मनाइएको अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटी संयोजक पूर्णराज जैसीले बताएका छन् ।
नेपाली राजनीतिका इमानदार र स्वच्छ छवि भएका, सबैलाई मिलाएर नेतृत्व गर्न सक्ने नेताका रूपमा चिनिने, समन्वयकारी भूमिका निर्वाह गर्नसक्ने, र पार्टी संगठनमा पनि सबैले रुचाउने नेताका रुपमा स्थापित नेता नेम्वाङको गत वर्ष आजकै दिन निधन भएको थियो ।
उक्त द्वीप प्रज्वलनमा अनेरास्ववियु केन्द्रीय सदस्य तथा कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष यमराज जोशी लगाएतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।





