कञ्चनपुर – कञ्चनपुरबाट २ लाख बढी भन्सार छलीका सामान बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले अन्दाजी २ लाख ५ हजार २७० मुल्य, वडा प्रहरी कार्यालय महेन्द्रनगरले अन्दाजी ३३ हजार ७२० मुल्य र प्रहरी चौकी टेडुवाले अन्दाजी ८ हजार ८६० मुल्य गरि जम्मा अन्दाजी २ लाख ४७ हजार ८५० मुल्य बराबरको भन्सार छलीको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उक्त मुल्य बराबरको कस्मेटिक सामान, हाडवेयरको सामान, किरानाको सामान, जुत्ता, चप्पल, सर्ट पाईन्ट, मोबाईलका कभर, किसमिस, प्लाष्टिक, बिडि, सुर्ती र साईकल १ थान फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जनाएको छ।





