धनगढी – पेट्रोल पम्प उद्घाटन गर्न लगाइएका प्रतिबन्धित प्लास्टिकका पतङ्गा प्रहरीले हटाएको छ।
प्रहरी कल्याण कोषद्वारा संचालित पेट्रोल पम्पको भोली उद्घाटन कार्यक्रमको लागि प्लास्टिकका पतङ्गाको प्रयोग गरिएको थियो ।
प्रदेश प्रहरीका प्रवक्ता प्रवक्ता (एसएसपी) स्याम कृष्ण अधिकारीले जानकारी नभएर लगाइएका प्लास्टिकका पतङ्गा अहिले हटाएको जानकारी दिएका छन्।
पेट्रोल पम्पको भोली दिउँसो गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्दै छन्। धनगढी उपमहानगरपालिकाले पछिल्लो समय प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ ।





